२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिमार्जन भएका कानूनहरु कार्यान्वयनमा ढिला नगरौंः चन्द्र ढकाल



अ+ अ-

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय परिमार्जन भएका कानूनहरु सही रुपमा कार्यान्वयनमा जान जरुरी रहेको बताउनुभएको छ ।

नेपाल जग्गा तथा आवाश विकास संघको राजधानीमा भएको कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रमैत्री पछिल्लो समय धेरै कानूनहरु सरकारले ल्याएकाले त्यसको सही रुपमा कार्यान्वयन हुनुपर्ने बताउनुभएको हो । उहाँकाअनुसार निजी क्षेत्रले पटकपटक भनेपछि सरकारले निजी क्षेत्रमैत्री कानूनहरु ल्याएको छ, अब कानूनहरुको सही कार्यान्वयन गरेर मुलुकलाई अघि बढाउनुपर्छ ।

अध्यक्ष ढकालले भन्नुभयो–‘अहिले हाम्रा जुन कानूनहरु परिवर्तन भएका छन । वास्तवमा त्यो निजी क्षेत्रकै सुझावका आधारमा भएको हो । निजी क्षेत्रले पटकपटक कुरा गर्दा बल्ल सरकारले सम्बोधन गरेको छ । धेरै कुराहरु परिर्वतन भएका छन् । कतिपय कानूनहरु राम्रै कानूनहरु छन् । त्यसको इम्पिलिमेन्ट हुन जरुरी छ । अहिले परिर्वतन भएका कानूनहरुको कार्यविधि नियमावली छिटो बनाएर समयमै काम हुनुपर्छ । यो हुन सक्यो भने धेरै छिटो समयमा कामको परिणाम राम्रो आउनेछ ।’

अध्यक्ष ढकालले हदबन्दी, वर्गीकरण सम्बन्धि व्यवस्थाहरु साँधुरो भएका कारण समस्या निम्ताएको बताउनु भयो । उहाँकाअनुसार उच्चस्तरीय आर्थिक सुधार आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सरकारले अक्षरशः पालना गर्नुपर्छ ।  निजी क्षेत्रले राजस्वदेखि रोजगारीसम्म बढाउन सक्ने भएकाले यो क्षेत्रको विकासका लागि सरकार उदार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । विगतमा निजी क्षेत्रले दिएका सुझावहरु कार्यान्वयन नगरिएकै कारण मुुलुकले आर्थिक मन्दीसम्मको सामना गर्नुपरेको अध्यक्ष ढकालले बताउनु भयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपकुमार मल्होत्राले घरजग्गा व्यवसाय नफस्टाएको कारणले अरु धेरै क्षेत्रमा समस्या आएको बताउनुभएको छ । अध्यक्ष मल्होत्राले सबैभन्दा पहिला घरजग्गा, रियल स्टेट क्षेत्रको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘घरजग्गा व्यवसाय नफस्टाएको कारणले अरु धेरै क्षेत्रमा समस्या आएको छ । सबैभन्दा पहिला घरजग्गा, रियल स्टेट क्षेत्रको समस्यालाई समाधान गर्नुपर्छ । यसबारेमा हामीले सबैभन्दा बढि महत्व दिनुपर्छ । जबसम्म यो क्षेत्र फस्टाउँदैन अन्य उद्योग फस्टाउँदैन । हामीले पनि रियल स्टेटसँग सम्बन्धित लगानीकर्ता, सबै मिलेर यससम्बन्धि एउटा कम्पनी खडा गर्दैछौं । त्यो कम्पनीको काम रियल स्टेटसम्बन्धि नै हुनेछ । घरजग्गा क्षेत्रलाई अघि बढाइनेछ ।’

अध्यक्ष मल्होत्राले देशभर जाने र घरजग्गासम्बन्धि कारोबार गर्ने सबैलाई त्यस कम्पनीको सदस्य बनाउने बताउन ुभयो  । उहाँकाअनुसार पहिलेपहिले बैंकमा गएर खराब ऋणीको सम्पती लिन होड चल्ने गरेकोमा अहिले बैंकले नै त्यस्ता सम्पत्ति लिन उद्योगी व्यापारीलाई भनिरहेका छन । बजारमा डिमाण्ड कम भएका कारणले त्यस्तो प्रवृत्ति बढेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका नवनिवार्चित अध्यक्ष दीपक कुँवरले घरजग्गा व्यवसायलाई उद्योगका रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो । अध्यक्ष कुँवरले घरजग्गा व्यवसायलाई लगाइएको अंकुशका कारणले सिमेन्ट, रड उद्योगसम्म अप्ठ्यारो स्थीतिमा पुगेको छ ।  अध्यक्ष कुँवरले भन्नुभयो– ‘अहिलेसम्म घरजग्गा व्यवसायलाई उद्योगका रुपमा विकास गर्न सकिएको छैन । घरजग्गा व्यवसायलाई लगाइएको अंकुशका कारणले सिमेन्ट, रड, रंग उद्योगसम्म अप्ठ्यारो स्थीतिमा पुगेको छ । अकुंशकै कारण धेरै उद्योगहरु चलायमान हुन सकिरहेका छैनन । घरजग्गा क्षेत्र चलायमान भयो भने मजशुरले रोजगारी पाउनेदेखि इन्जिनियरसम्म सक्रिय बन्न पाउछन् । आज व्यवसाय चलायमान नहुँदा मजदूरदेखि इन्जिनियरसम्म निराश बन्नुपरेको छ ।’

कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका  निर्वतमान अध्यक्ष विष्णुप्रसाद घिमिरेले देशको प्रधानमन्त्री, अर्थमन्त्रीले समेत चासो देखाउँदा पनि घरजग्गा क्षेत्रमा परेको समस्या हट्न नसकेको बताउनुभयो । उहाँका अनुसार स्थानीय तहलाई जग्गा वर्गीकरणको जिम्मा दिदाँ उनीहरुले काम गर्न सकेनन्, जसकारण घरजग्गा क्षेत्र तहसनहस भइरहेको छ । यसमा राज्यको ध्यान जान जरुरी रहेको निवर्तमान अध्यक्ष घिमिरेले बताउनु भयो ।