२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ अन्तिमसम्ममा फ्लाइओभर निर्माण पूरा हुन्छः पूर्वाधार मन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठको अन्त्यसम्ममा पूरा हुने बताउनुभएको छ ।

ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको स्थलगत निरीक्षणका क्रममा मन्त्री दाहालले बाँकी रहेका कामहरु चाँडोभन्दा चाँडो पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले प्राविधिक रुपमा समस्याहरु आउँदा निर्माण सम्पन्न हुन समय लागेपनि परिणाम सन्तोषजनक आएको बताउँदै असार १ गतेदेखि सवारी सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । २०७८ सालदेखि निर्माण सुरु भएपनि प्राविधिक समस्याका कारण आयोजना समयमै सम्पन्न हुन नसकेको उहाँको भनाई थियो ।

निरीक्षणकै क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री दाहालले मनसुन सुरुभएसँगै मुख्य राजमार्गहरुमा आउने समस्या समाधानका लागि पूर्व तयारीका कामहरु भइरहेकोसमेत जानकारी दिनभुयो । उहाँले विपद् न्यूनीकरणका लागि स्थानीयबासी र सवारी चालकलाई सतर्क गराउनेलगायत उपलब्ध स्रोत साधनलाई स्ट्याण्डवाई राखेर समस्या आएलगत्तै समाधान गर्नेगरि तयारी अवस्थामा राखेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो २०७८ देखि ठेक्का लागेर सुरु भएको काम हो । यसको म्याद सकिएको धेरै भैसकेको छ । यसको अन्तिम म्याद भनेको गत पुष ८ गतेसम्म थियो त्यतिखेर पनि सम्पन्न हुनसकेन । यो हाम्रो नेपालको पहिलो इपीसी मोडलबाट गरिएको काम हो । यसका प्राविधिक समस्यापनि नयाँ नै हुन् । त्यसकारण प्राविधिक रुपमा केही ल्याकेजहरु रहेको हुनुपर्छ र बीचमा आएका समस्या समाधानका कारण केही पर्खनु प¥यो । फेरि हामीले माथि उठीसकेको कामलाई पुनः तलैबाट सुरु गर्नुपर्ने अवस्थाका कारण ढिलो भयो । तरपनि ढिलै भएपनि परिणाम राम्रै आएको छ । यो जेठको अन्तिम सम्ममा सम्पन्न गरेर असार १ गतेदेखि सवारी सञ्चालन गर्ने तयारीमा छौं । मनसुन हुँदा राजमार्गहरुमा समस्या त छन् । दाउन्नेमा हामीले कटिङको काम गर्नुपर्ने अवस्थाका कारण ढिलो भएको हो । निश्चित समय गाडी रोकेरै भएपनि हामीले कटिङको काम सकेका छौं । ठूलै पानी पर्यो भने सडक सामान्य अवरोध हुनपनि सक्छ । अवरोधै हुँदैन भनेर भन्न सकिन्न । तरपनि अहिले हामीले सहज बनाइसकेका छौं । सँगसँगै निर्माण व्यवसायी र निर्माण कम्पनीलाई पनि तयारी अवस्थामा बस्न भनेका छौं ।

हामीले आफ्ना हेभि इक्युपमेन्टहरु पनि सम्बन्धित क्षेत्रमा केन्द्रित गरेर राखेका छौं । यदि समस्या भइहाल्यो भने पनि तुरुन्तै समाधान गर्नेगरि तयारी अवस्थामा राखिएको छ । त्यसैगरी वीपी राजमार्गलाई प्राथमिकतामा राखेका छौं । वीपी राजमार्गको काम हामी आफैंले सुरु गरेको र पछि स्रोत सुनिश्चित भइसकेपछि ठेक्का प्रक्रिया अगाडि बढाएका छौं । ठेक्काको काम चलिनै रहन्छ । यदि अवरोध भएमा हटाउने कामपनि सँगसँगै हुन्छ । त्यसरी तयारी गरेका छौं । कान्ति लोकपथ, मेची राजमार्गलगायतका राजमार्गहरु र मुख्यरुपमा पृथ्वी राजमार्गमा पनि समस्या आउनसक्छ भनेर पूर्वतयारीका कामहरु गरिरहेका छौं । स्थानीयबासीलाई सतर्क गराउने र अर्को कुरा गाडीहरु केही समस्या आएमा सर्तक गराउने र साधन स्रोतलाई ठाउँ ठाउँमा स्ट्याण्डवाई राखेर समस्या आउनेवित्तिकै समाधान गर्नेगरि राखेका छौं । जस्तै पहिरो आयो भने पहिरो हटाउने गरि र बाढी आयो भने त्यसबाट जोगाउनेगरि कामहरु भइरहेका छन् ।’

उहाँले विभिन्न राजमार्गहरुमा निर्माणकार्य जारी नै रहेकाले सम्बन्धित निर्माण कम्पनीलाई पूर्व तयारी अवस्थामा बस्न आग्रह गरेको बताउनुभयो ।