१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलामा असिनापानीले स्याउ बगैँमाचामा क्षति



अ+ अ-

जुम्ला । असिना सहितको वर्षात्ले यहाँका स्याउ बगैँचामा क्षति पुर्याएको छ । तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पुर्याएको हो ।

विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहँु, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो । झण्डै आधा फिट असिना परेको थियो ।

वडाध्यक्ष रावतले भन्नुभयो, “पाकेको बाली खेतबारीमै झारेको छ । सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको छ । स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ ।”

असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरघुरी प्रभावित बनेको वडाध्यक्ष रावतको भनाइ छ ।