९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

विपद् न्युनिकरण तथा व्यवस्थापनका लागि देशभर अभियानकै रुपमा स्वयंसेवक खटाउँछौँः कार्यकारी निर्देशक भट्ट

विपद् न्युनिकरण तथा व्यवस्थापनका लागि देशभर अभियानकै रुपमा स्वयंसेवक खटाउँछौँः कार्यकारी निर्देशक भट्ट
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले विपद् न्युनिकरण तथा व्यवस्थापनका लागि देशभर स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा अघि बढाइएको बताउनुभएको छ ।

आईतवार ललितपुर महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभुत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अभियानकै रुपमा अहिलेसम्म विपद् व्यवस्थापनका लागि स्वयंसेवक नखटाइएको र विपद्को क्षति न्युनिकरणका लागि यस पटकदेखि सरकारले काम थालेको उल्लेख गर्नुभयो । उहाँले विपद्को समयमा स्वयंसेवकको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । विपद्को बेलामा तीन तहकै सरकारसँग समन्वय गरेर काम गरेमात्रै सफलता प्राप्त हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो भन्दा पहिला हामी स्वयंसेवक गठन गर्न र यो काम हामीले गरेका थिएनौँ । यो नयाँ काम हामीले गरिरहेका छौँ । विपद्को समयमा स्वयंसेवकको भुमिका महत्वपूर्ण हुन्छ । विपद्को बेलामा हामीले तीन तहकै सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ विपद्को बेलामा काम गर्ने जनशक्ति ट्रेन भएन भने रेस्क्यु गर्न जाने मान्छे खतरामा पर्छ । त्यसैले स्वयंसेवक डेभलप गर्नुपर्छ भन्ने उद्देश्यले हामीले यो कार्यक्रमको शुरुवात गर्न खोजेका छाँै । ललितपुरबाट हामी यो शुरु गर्दैछौँ भने विस्तारै हामी सबै पालिकामा पु¥याउले लक्ष्य छ । हामी देशभर नै स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा लिएर गइरहेका छौँ ।’

उहाँले ललितपुर महानगरलालिकाबाट शुरु भएको स्वयंसेवक परिचालन आधारभुत तालिमलाई सबै पालिका स्तरमा पु¥याइने बताउनु भयो ।