४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकार आयोगले सदस्य अन्सारीलाई सचेत गरायो , भ्रमपूर्ण अभिव्यक्तिप्रति खेद व्यक्त



अ+ अ-

काठमाडाैंः राष्ट्रिय मानव अधिकार आयोगले  आयोगका सदस्य मोहना अन्सारीलाई भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको  छ । आयोगका अध्यक्ष अनुपराज शर्माले जारी गर्नुभएकाे  विज्ञप्तिमा २०७७ असार २३ गते ट्वीटरमा अन्सारीले समाजवादी पार्टीले आफ्ना संसद सदस्य सरिता गिरीमाथि आफ्नाे विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम कारबाही गर्ने विषयमा सो कारबाहीलाई खेदजनक छ भनी सार्वजनिक सञ्जालमा व्यक्त गरिएका कुराहरूप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ । 

संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई “खेद्जनक” तथा “कथित् छानविन प्रतिवेदन” भनी दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार समेत गरेको छ ।

आयोगबाट यही असार १५ गते बाट   सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराउदा गराउदै पनि  यस किसिमको भनाइ ट्वीटरमा आउनु खेद्जनक भएको भन्दै यसमा कोहीपनि भ्रममा नपर्न जानकारी गराएको छ ।