४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा ५ सहित १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । आज बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।

आज बिहीबार मात्रै १ सय ३९ जना डिस्चार्ज भएका छन् भने जम्मा ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।

हाल नेपालमा विभिन्न जिल्लाका क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने कोरोना संक्रमण भई विभिन्न आइसोलेसन सेन्टरमा ८ हजार ६०५ जना उपचाररत छन् ।

नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।