२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीजन्य विपद् आगामी दिनमा नआउने नगरी पूर्वतयारी थाल्नुपर्छ-सुनिता डङ्गोल



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले गत असोजको वर्षाले सिर्जना गरेको बाढीजन्य विपद् आगामी दिनमा नआउने गरी पूर्वतयारी गर्नुपर्ने बताउनुभएको छ ।

आज विश्व बैंकका प्रतिनिधिहरूसँगको बैठकमा उहाँले पूर्वतयारीका लागि आवश्यक काम तत्काल सुरुआत गर्नुपर्नेमा जोड दिँदै तथ्य सङ्कलन र बाढी, पहिरोको प्रमुख कारण पत्ता लगाएर मध्यकालीन र दीर्घकालीन योजनाका तर्जुमा गर्नुपर्ने बताउनुभयो । सरोकार भएका र साझेदारी निकायसँग समन्वय र सहकार्य गरी विगतमा भएका गल्ती सच्याउँदै जानुपर्ने उहाँको भनाइ छ ।

“काठमाडौँका नदीमा यो तहसम्म पानीको बहाव देखेको थिएन र यस्तो समस्या भोग्नुपरेको पनि थिएन । उक्त दुःखद क्षणलाई सिकाइ मानौँ । आगामी दिनमा काठमाडौँले यस खालका विपद् भोग्नु नपरोस् भनेर पूर्वतयारी थालौँ”, उहाँले भन्नुभयो ।

सहरी विकासका विषय चुनौतीपूर्ण भए पनि सबै मिलेर समाधानका उपाय खोज्नुपर्ने उपप्रमुख डङ्गोलले उल्लेख गर्नुभयो । आगामी दिनमा बाढीजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि कामपाले नदी सुधार गुरुयोजना तयार पारिरहेको उहाँले जानकारी दिनुभयो ।

सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीले भन्नुभयो, “बाढी व्यवस्थापन गर्न विश्वका सहरले गरेको प्रयत्न काठमाडौँका लागि सिकाइ नहुन सक्छ । काठमाडौँको भूगोल, सहरी बस्ती, नदी प्रणाली अन्य सहरभन्दा फरक छ ।”

छलफलमा विश्व बैंकको पूर्वाधार क्षेत्रका कार्यक्रम प्रमुख गायत्री सिंहले कामपाले विकास, निर्माण र विकास व्यवस्थापनका क्षेत्रमा कार्यरत साझेदार तथा सरोकार भएकासँग समन्वय गरी विपद् जोखिम न्यूनीकरणका लागि योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा वर्षाको पानी व्यवस्थापन गर्न नसक्दा हुनसक्ने समस्याका बारेमा छलफल भएको थियो । फोहर व्यवस्थापन, फोहर पानीको प्रशोधन, सहरी पूर्वाधारमा नदी प्रणाली, नदी प्रणालीमा सहरी पूर्वाधारको सम्बन्धलगायत पक्षबाट जोखिम न्यूनीकरण गर्न सकिने विषयमा सरोकार भएकाहरूसँग छलफल भएको थियो । रासस




भर्खरै