४ भाद्र २०८३, बिहीबार
,
Latest
तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगका उपाध्यक्ष अधिकारी र एसियाली विकास बैँकका बैकल्पिक कार्यकारी निर्देशक विच भेटवार्ता



अ+ अ-

काठमाडौँ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी र एसियाली विकास बैँक बैकल्पिक कार्यकारी निर्देशक नुरुस्सदा मुहरर्म विच भेटवार्ता भएको छ ।

राष्ट्रिय योजना आयोगमा शुक्रबार भएको भेटमा एसियाली विकास बैँकका नेपाल प्रमुख आर्नो एम काउचोइज, एसियाली विकास बैँकका निर्देशकका सल्लाहकार जेसिका लिम र आयोगका सहसचिव खोमराज कोइराला सहितका पदाधिकरीको उपस्थिति रहेको थियो।

भेटमा आयोगका उपाध्यक्ष प्रा.डा.अधिकारीले प्रमुख विकास साझेदारका रुपमा एडीबीले नेपालको विकास प्रयासमा गरेको महत्वपुर्ण सहयोगको प्रशंसा गर्दै नेपालको विकासका प्राथमिकता र आयोजनाको प्राथमिकीकरण गरी प्रभावकारी कार्यान्वयनको बारेमा धारणा राख्नु भयो ।

आयोगका सहसचिव कोइरालाले नेपालमा एडीबीको सहयोगमा संचालित आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने र नेपालको विकासका प्राथमिकतामा आधारित भएर सहयोग परिचाल गर्न जोड दिनु भयो।

उहाँहरुबीच आगामी दिनमा द्विपक्षीय साझेदारीलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको छ ।