९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

क्याम्पस सञ्चालनले विपन्नलाई उच्च शिक्षा हासिल गर्न सहज

क्याम्पस सञ्चालनले विपन्नलाई उच्च शिक्षा हासिल गर्न सहज
अ अ+ अ-

महोत्तरी । “पढ्न मन छँदाछँदै नजिकमा कलेज नहुँदा उच्च शिक्षाको रहर मार्नु परेको थियो, अब घरकै सातुपिठो खाएर पढ्न पाइने भयो”, महोत्तरीको ग्रामीण परिवेशको भङ्गाहामा स्नातक क्याम्पस सञ्चालनमा आएपछि नामाङ्कन गराएकी भङ्गाहा–५ की विभा कापरले भन्नुभयो, “अब मेरो रहर पूरा हुनेभयो ।”

छ वर्षअघि ११ र १२ कक्षाको पढाइ सक्नुभउकी विभाले नजिकमा स्नातक तह पठनपाठन हुने क्याम्पस नभएकाले उच्च शिक्षा पढ्न नपाएको बताउनुभयो । “आर्थिक अवस्था बाहिर गएर पढ्न सक्ने थिएन, छोरी बाहिर पढ्न पठाउन अभिभावकले मान्दैनन्”, उहाँले भन्नुभयो ।

विभाजस्तै भङ्गाहा–३ की ममताकुमारी चौधरी थारुले ११ र १२ कक्षा सकेको पाँच वर्षपछि यसपालि स्नातक तहको अध्ययनका लागि नामाङ्कन गर्नुभयो । नजिकमा क्याम्पस नहुँदा उच्च शिक्षाको रहर मारेका अमृता चौधरी, जेसिका भुजेल, गुड्डुकुमारी चौधरी, मञ्जु साह र निशा महतोलाई पनि अहिले उच्च शिक्षाको रहर पूरा गर्ने अवसर जुटेको छ । भङ्गाहा–५ सीतापुरबजारमा भर्खरै सिद्धनाथ क्याम्पस सञ्चालनमा आएपछि नगरक्षेत्रका विपन्न परिवारका छोराछोरीलाई उच्च शिक्षा पढ्न सहज भएको हो । क्याम्पसको उद्घाटन गरिएसँगै अहिले नामाङ्कन गर्ने लहर चलेको क्याम्पस प्रमुख राजेन्द्र यादवले बताउनुभयो ।

“क्याम्पस उद्घाटन भएर सञ्चालनमा आएको एक साता भयो, छात्रछात्राले धमाधम नामाङ्कन गराइरहेका छन्”, उहाँले भन्नुभयो, “अहिलेसम्म ४० जनाले नामाङ्कन गराइसकेका छन् ।”

पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित उक्त क्याम्पसमा भर्ना हुनेमा छात्रभन्दा छात्रा बढी छन् । अहिलेसम्म २५ छात्रा र १५ छात्र भर्ना भएका छन् । नगरपालिका नेतृत्वले पहलकदमी लिएर धार्मिकस्थल सिद्धनाथ महादेव मन्दिरको नाममा सिद्धनाथ क्याम्पस’ स्थापना गरेको हो । हाल यहाँ शिक्षाशास्त्र सङ्कायतर्फ अङ्ग्रेजी, नेपाली र स्वास्थ्य विषयको पठनपाठन सुरु गरिएको क्याम्पस प्रमुख यादवले जानकारी दिनुभयो । आगामी वर्ष थप विषय र वाणिज्य सङ्कायको स्वीकृतिका लागि पहल गरिने उहाँको भनाइ छ ।

नौ वडा रहेको भङ्गाहा नगर क्षेत्रमा ४० भन्दा बढी बस्ती छन् । यहाँको जनसङ्ख्या २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार ५५ हजार ३५४ छ । यद्यपि यो सङ्ख्या पछिल्ला चार वर्षभित्र ६० हजारको हाराहारीमा पुगेको नगर प्रमुख सञ्जीवकुमार साह बताउनुहुन्छ । नगर क्षेत्रमा ३० सामुदायिक विद्यालय छन् । जसमध्ये माध्यमिक विद्यालयको सङ्ख्या यसपालि नौ पुगेको उहाँले जानकारी दिनुभयो । तर ११ र १२ कक्षा पठनपाठन हुने एक मात्र मावि छ ।

नगर क्षेत्रमा पहिलो क्याम्पस सञ्चालनमा आएसँगै १२ कक्षा उत्तीर्ण गरेकाहरु धमाधम स्नातक तहमा भर्ना हुन थालेका छन् । यसमा छोरीबुहारीको सङ्ख्या नै बढी छ । थारु, दनुवार, बाँतर, मुसहर, कापर, चमार, धानुक र मुस्लिमसहितका जाति समुदायको सघन बसोबास रहेको भङ्गाहा नगरपालिका क्षेत्रमा क्याम्पस स्थापना र सञ्चालनले सर्वसाधारण खुसी छन् ।

“हाम्रो ठाउँमा कलेज खुलेछ, नातिनातिनाले घरकै सातुपिठो खाएर दुःखजिलो गरी पढ्न सक्छन्”, भङ्गाहा–४ पलार बस्तीका ८० वर्षीय चौठी बाँतर भन्नुहुन्छ, “यो कलेजले छोरीबुहारीलाई सजिलो भएको छ ।” आपूmहरुले पढ्न नपाए पनि अबको पुस्ताले पढ्नुपर्छ भन्ने थाहा पाएको उहाँ बताउनुहुन्छ ।

हुनेखानेले छोराछोरी सहरबजार पु¥याएर पढाए पनि यहाँका विपन्न बस्तीका थारु, दनुवार, बाँतर, मुसहर, कापर, धानुक र मुस्लिमसहितका समुदायका आम सर्वसाधारणका छोराछोरीले उच्च शिक्षा पढ्न पाएका छैनन् । बाँतर र मुसहर त शैक्षिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमै विभिन्न अवसरबाट वञ्चित छन् । गरिबीले सन्तान पढाउन नसकेको भङ्गाहा–४ रामनगरको दलित बस्तीका जुगल सदा मुसहर बताउनुहुन्छ । नगरपालिका भए पनि विकासका अवसरबाट पछि रहेको भङ्गाहा नगरपालिकाका नौ वडाका ४० बस्ती सबै नै ग्रामीण परिवेशका छन् । भङ्गाहा–५ सीतापुरका ६२ वर्षीय अमरबहादुर भुजेल अब छोराछोरीका लागि उच्च शिक्षा हासिल गर्न सहज हुने बताउनुहुन्छ । रासस