१५ असार २०८३, सोमबार
,
Latest
वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो रहेको छ आगामी तिन दिनको मौसम



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ। शुक्रबारको मौसम पूर्वानुमान जारि गर्दै महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा मध्यम वर्षा भइरहेको हुनुका साथै अहिले नारायणी नदीमा उच्च बहाब देखिएको जनाएको छ।

महाशाखाले दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहि थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र  गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २का  थोरै स्थानहरुमा साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश,  प्रदेश ५ र कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ ।
 
बुलेटिनमा भनिएको छ,'देशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना र सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको हुँदा नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।'

यस्तो बाढी पूर्वानुमान