२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः पूरनले रचे इतिहास



अ+ अ-

एजेन्सी । लखनऊ सुपरजायन्ट्सका स्टार ब्याट्सम्यान निकोलस पूरनले बिहीबार इतिहास रचे ।

पूरन आइपीएलमा लखनऊका लागि १०० छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान बने ।

बायाँ हाते ब्याट्सम्यानले गुजरात टाइटन्सविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् । पूरनले आफ्नो इनिङको तेस्रो छक्का प्रहार गर्ने बित्तिकै उनले १०० छक्का पूरा गरे ।

उनले साई किशोरले फालेको इनिङको १५ औं ओभरको चौथो बलमा छक्का प्रहार गरेर यो रेकर्ड बनाएका हुन् ।

आईपीएलमा लखनउका लागि सर्वाधिक छक्का:
१०२–निकोलस पूरन
५६–मार्कस स्टोइनिस
५३ – केएल राहुल
४० – क्विन्टन डी कक
३८ – आयुष बडोनी

पूरनले गुजरातविरुद्ध आक्रामक इनिङ खेले र केवल २३ बलमा आफ्नो अर्धशतक पूरा गरे । यो चालू सिजनमा पाँचौं पटक थियो जब पूरनले २५ बलभन्दा कम समयमा अर्धशतक पूरा गरे । यो पनि आईपीएलको रेकर्ड हो ।

साथै, पूरनले यस सिजनमा ५०० रनको आँकडा पनि पार गरे । पूरन लखनउका लागि एकै सिजनमा ५०० वा सोभन्दा बढी रन बनाउने चौथो ब्याट्सम्यान बने । यसअघि केएल राहुल, क्विन्टन डी कक र मिचेल मार्शले यो उपलब्धि हासिल गरिसकेका छन् ।