५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमाबाट अनधिकृत भित्रिने गरेका माछामा प्रयोग हुने ‘फर्मालिन’लाई तत्काल रोकौँः मुख्यमन्त्री सिंह



अ+ अ-

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमानाकाबाट अवैध रुपमा आयात हुने माछा, अण्डा र कुखुरामा प्रतिवन्ध लगाउन जरुरी रहेको बताउनुभएको छ ।

अवैध रुपमा सीमानाकाट भित्रिएका अण्डा, माछा र कुखुराको मासु खानयोग्य नरहेको बताउनुभएको हो । जसकारणले नेपालमा कृषकलाई पनि समस्या भइरहेको उल्लेख गर्नुभयो । जनकपुरमा शुक्रवार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री सिंहले भारतीय सीमाबाट आउने माछामा फर्मालिनको प्रयोग हुने गरेको पाइएको र त्यसले क्यान्सर निम्तिरहेको बताउनु भयो ।

मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘हामी खुला बोर्डरमा छौँ । हाम्रो खुला सीमाना भएको हिसावले धेरै सामानहरु यताबाट उतार  उताबाट यता भइरहेको छ । त्यो चाहेर पनि हामीले रोक्नसक्ने स्थिति छैन । राष्ट्रलाई कुखुरा, अण्डा, माछामा आत्मनिर्भर भइसकेको थियो । तथापि बोर्डरबाट अनधिकृत रुपमा आएर यहाँका किसानहरु ठूलो मर्कामा परेका छन् । माछा कस्तो आइरहेको छ भने त्यो फर्मालिन लगाएको माछा जो यहाँबाट प्याक भएर काठमाडौंसम्म जाँदो रहेछ । त्यसलाई रोक्नुपर्छ । त्यो खाएपछि क्यान्सर पक्कै लाग्छ ।’

मुख्यमन्त्री सिंहले लागुऔषध नियन्त्रण नभए अहिलेको समाजमा ठूलो प्रभाव पर्ने जिकिर गर्नुभयो । प्रहरी समायोजन गर्न पनि माग गर्नुभयो । सरकारसँग प्रहरी नभएसम्म काम गर्न कठिन हुने बताउनु भयो ।