२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभामा दाहसंस्कार गर्न लागिएको बालिकाको शव बरामद



अ+ अ-

काठमाडौँ । सङ्खुवासभा प्रहरीले दाहसंस्कार गर्न लागिएको बालिकाको शव बरामद गरेको छ ।

खाँदबारी नगरपालिका–३ बाट प्रहरीले दाहसंस्कारको तयारी भइरहेको ६ वर्षीया बालिकाको शव बरामत गरेको हो ।

भोट खोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया युनिका तामाङको शव बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सङ्खुवासभाका डीएसपी दक्ष बस्नेतले बताए । प्रहरीले शवसहित मृतकका बुवा, काका र काकीलाई समेत नियन्त्रणमा लिएको छ ।

मृतकका बुवा गोपाल तामाङ र काकी कल्पनाका बिचमा झगडा हुँदा युनिकालाई डिलबाट धकेल्दा चोट लागेर मृत्यु भएको आशङ्का गरिएको छ । घाइते बालिकाको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।

यसबारेका थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।