१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभामा दाहसंस्कार गर्न लागिएको बालिकाको शव बरामद



अ+ अ-

काठमाडौँ । सङ्खुवासभा प्रहरीले दाहसंस्कार गर्न लागिएको बालिकाको शव बरामद गरेको छ ।

खाँदबारी नगरपालिका–३ बाट प्रहरीले दाहसंस्कारको तयारी भइरहेको ६ वर्षीया बालिकाको शव बरामत गरेको हो ।

भोट खोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया युनिका तामाङको शव बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सङ्खुवासभाका डीएसपी दक्ष बस्नेतले बताए । प्रहरीले शवसहित मृतकका बुवा, काका र काकीलाई समेत नियन्त्रणमा लिएको छ ।

मृतकका बुवा गोपाल तामाङ र काकी कल्पनाका बिचमा झगडा हुँदा युनिकालाई डिलबाट धकेल्दा चोट लागेर मृत्यु भएको आशङ्का गरिएको छ । घाइते बालिकाको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।

यसबारेका थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।