२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरको कोटमा प्रसूति भवन निर्माण



अ+ अ-

भोजपुर । टेम्केमैयुङ–६ को प्रयासमा रु २५ लाखको लागतमा कोटमा प्रसूति भवन निर्माण भएको छ । भवन निर्माणसँगै सेवा प्रवाहको तयारी पनि प्रारम्भ भएको छ ।

वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार सङ्घीयता कार्यान्वयनसँगै साविकको एक वडालाई विभाजन गरेर दुई वडा बनाइएकाले आधारभूत संरचना नभएका स्थानमा स्वास्थ्य सेवा विस्तारका लागि भवन निर्माण गरिएको हो ।

भवन बनेपछि प्रसूति सेवा लिनका लागि घण्टौँ लगाएर स्टेचर तथा डोकोमा बोकेर जिल्ला अस्पताल लैजानु पर्ने बाध्यता अत्य हुने वडासदस्य प्रेमकुमारी श्रेष्ठले बताउनुभयो ।