८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट
अ+ अ-

काठमाडौं: चीनको पहिलो कार निर्माता ग्रुप चांगान अटोमोबाइलले थाइल्यान्डको रायोंगमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय न्यु इनर्जी भेहिकल (एनईभी) प्लान्टबाट औपचारिक रुपमा कार निर्माण सुरु गरेको छ । आफ्नो महत्वपूर्ण नीति ‘भास्ट ओसियन प्लान’ अन्तर्गतको यो महत्वपूर्ण कोशेढुंगाले चांगानको अबको प्राथमिकता चिनियाँ भूमिबाट कार निर्यात नभई देशबाहिरै पूर्ण रुपको ‘इन्डस्ट्रियल इकोसिस्टम’ निर्माण गर्ने भएको दर्शाउँछ । रायोंग प्लान्टमा अत्याधुनिक उत्पादन, रिसर्च एन्ड डेभलपमेन्ट र दीर्घकालिन सप्लाई चेन रहेको छ जहाँबाट चांगानको ग्रिन र स्मार्ट कारको उत्पादनमात्र नभई विश्वव्यापी अपरेसन पनि हुनेछ ।

चांगानको पहिलो अन्तर्राष्ट्रिय इभी हबमा उत्पादन भएका कारको विक्रीवितरण दक्षिणपूर्व एसिया, मध्यपूर्व र अफ्रिका, मध्य र दक्षिण अमेरिका र युराएसिया बजारमा हुनेछ । यो प्लान्टको क्षमता हाललाई वार्षिक एक लाख युनिट रहेको छ भने सन् २०२७ सम्ममा वार्षिक दुई लाख युनिट पुर्याइनेछ ।

सन् २०२३ मा थाइल्यान्डमा चांगान ब्रान्ड सार्वजनिक भएपछि हालसम्म १४ हजार युनिट विक्री भइसकेको छ र यहाँको ‘टप फोर एनईभी ब्रान्ड’ बन्न सफल भएको छ । राइट ह्यान्ड ड्राइभ दिपल एस०५ रोल आउट गर्दै चांगानको नयाँ प्लान्टको उद्घाटन भएको हो । यो मोडेल केही समयमै नेपालमा सार्वजनिक हुँदैछ । योसँगै चांगानको कुल उत्पादन दुई करोड ८५ लाख ९० हजार युनिट पुगेको छ ।

तीन लाख ९२ हजार वर्ग मिटरमा फैलिएको रायोंग प्लान्टमा वेल्डिंग, पेन्टिंग, एसेम्ब्ली, इन्जिन र ब्याट्री प्रडक्सन गरी पाँच वर्कसप रहेका छन् । यसको वातावरणमैत्री डिजाइनले डे–लाइट, सौर्य उर्जा र पानीको पुन:प्रयोग गर्छ । अत्याधुनिक अटोमेसन र एडाप्टिभ सिस्टमले विश्व बजारको मागअनुसारको उच्च गुणस्तरको उत्पादन प्रत्याभुत गर्छ । यो प्लान्टबाट चांगान, दिपल र अवतार ब्रान्डका इभी उत्पादन हुनेछ ।

चांगानको विश्व नीति हालको ट्रेन्डहरु दीर्घकालिनता (सस्टेनेबिलिटी) र स्थानीयकरण (लोकलाइजेसन)मा आधारित छ । दुई वर्षअघि थाइल्यान्डमा सार्वजनिक भएपछि चांगानले निकै लोकप्रिय दिपल एस०७ र अवतार११ समेत गरी सात वटा मोडल लन्च गरिसकेको छ । रायोंग प्लान्टले चांगानको ४१ वर्ष कार उत्पादनको अनुभवलाई अझ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

चांगानका अध्यक्ष जु हुरोंगले विश्व चुनौतीका बाबजुत स्थानीय इकोसिस्टम बनाउनेमा प्लान्टको महत्वपूर्ण भूमिका हुने बताए । रायोंग प्लान्टले चांगानको अन्तर्राष्ट्रिय ‘न्यु इनर्जी भेहिकल हब’को काम गर्नेछ । थाई समन्वय र चिनियाँ विशेषज्ञताको सम्मीश्रणमार्फत चांगानले आर्थिक वृद्धि र विश्व अटो बजारलाई अघि बढाउने लक्ष्य लिएको छ ।