५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश



इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु
अ+ अ-

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार वासिङ्टनको यहुदी सङ्ग्रहालय बाहिर ‘फ्रि प्यालेस्टिन’ भन्दै हल्ला गर्ने बन्दुकधारीले दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरेपछि विश्वव्यापी इजरायली कूटनीतिक मिसनहरूमा सुरक्षा उपायहरू बढाउने आदेश दिएको बताउनुभएको छ ।

“मैले विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा व्यवस्था बढाउन र राज्यका प्रतिनिधिहरूको सुरक्षा बढाउन निर्देशन दिएको छु”, उहाँले भन्नुभयो, “हामी यहुदी विरोधी भावना र इजरायल राज्यविरुद्धको जङ्गली उक्साहटको भयानक मूल्य देखिरहेका छौँ ।”

बुधबार राति वासिङ्टनको केन्द्रमा रहेको क्यापिटल यहुदी सङ्ग्रहालयमा युवा पेशेवरहरू र कूटनीतिक कर्मचारीहरूका लागि सामाजिक कार्यक्रम भइरहेको बेला सङ्ग्रहालय बाहिर गोली हानाहान भएको थियो ।

सामाजिक सञ्जालमा फैलिएको एक भिडियो क्लिपमा ज्याकेट र सेतो सर्ट लगाएका एक जना दाह्री भएका युवकलाई प्रहरीले लैजाँदा “फ्रि, फ्रि प्यालेस्टिन’ भनेर चिच्याएको देखाइएको छ ।

संयुक्त राज्य अमेरिकाका लागि इजरायली राजदूत येचिएल लेइटरका अनुसार पीडितहरू विवाह गर्ने योजना बनाएका एक युवा दम्पती थिए ।

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले घातक आक्रमणबाट आफू ‘स्तब्ध’ भएको तर दुई देश ‘हाम्रा जनताको रक्षामा एकजुट हुने’ बताउनुभएको छ ।

“इजरायली दूतावासका दुई युवा कर्मचारीको ज्यान लिएको यो घृणा, यहुदी विरोधको घृणित कार्य हो”, हर्जोगले भन्नुभयो, “अमेरिका र इजरायल हाम्रा जनता र हाम्रा साझा मूल्यहरूको रक्षामा एकजुट हुनेछन् । आतङ्क र घृणाले हामीलाई तोड्ने छैन ।”

विदेशमन्त्री गिडियोन सारले पनि आक्रमणबाट आफू ‘डराएको’ भन्दै इजरायलले ‘आतङ्क’ मा नझुक्ने प्रतिज्ञा गर्नुभयो ।

“विशेष गरी यस समयमा विश्वभरका इजरायली प्रतिनिधिहरूले निरन्तर उच्च जोखिमको सामना गरिरहेका छन्”, उहाँले भन्नुभयो, “हामी अमेरिकी अधिकारीहरूसँग निकट सम्पर्कमा छौँ । इजरायलले आतङ्कका सामु आत्मसमर्पण गर्ने छैन ।”