१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरामा घर पुरिँदा एकको मृत्यु, तीनको उद्धार



अ+ अ-

कास्की । पोखरामा पहिरामा घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने तीन जनालाई सकुशल उद्धार गरिएको छ । पोखरा महानगरपालिका–२६ पैतेडाँडा भन्ने ठाउँमा दुर्र्गाबहादुर सुनारको ब्लकले बनेको टिनले छाएको दुई कोठाको घर गएराति माथिबाट आएको पहिराले पुरिदा घरधनी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पहिरामा परी बेपत्ता भएका वर्ष ३०÷३५ का सुनारको प्रहरी तथा स्थानीय बासिन्दाले खोजतलास गर्दा बिहान मृतावस्थामा उद्धार गरिएको कार्र्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

घटनास्थलबाट स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा सुनारको श्रीमती, एक छोरा र छोरीलाई भने सकुशल उद्धार गरिएको छ । घटनाका बारेमा जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा ११ जनाको प्रहरी टोली घटनास्थलमा परिचालित गरिएको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए ।

पोखरामा अविरल वर्षासँगै आएको पहिरामा परी गएराति विभिन्न तीन स्थानमा गरी सात जनाको ज्यान गएको छ भने ११ जना घाइते भई पोखरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । सराङकोटमा पाँच तथा हेम्जामा एक जनाले पहिराका कारण ज्यान गुमाएका छन् ।