२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेबल टेनिसको विकासका लागि समिति गठन



अ+ अ-

काठमाडौं। सुरज केसीको संयोजकत्वमा काठमाडौं जिल्ला टेबल टेनिस संघको तदर्थ समिति गठन गरिएको छ।

केसी काठमाडौँ जिल्लाका पूर्व कोषाध्यक्षसमेत हुन्। उनले दुई कार्यकाल उक्त जिम्मेवारी सम्हालेका थिए। त्यसअघिका दुई कार्यकाल सदस्य थिए।
काठमाडौँ जिल्लामा टेबल टेनिस खेलको वृद्धि विकास र विस्तार गर्न आवश्यक भएकोले गत चैत्र १६ गतेको बैठकको निर्णय अनुसार तदर्थ समिति गठन गरिएको संघका अध्यक्ष वृजेन्दबहादुर हमालले जनाकारी दिए।

समितिमा रक्तचन्द्र मानन्धर र सुधीर महर्जन सहसंयोजक छन्। प्रशान्त महर्जन, अभयराज श्रेष्ठ, इन्दिरा पराजुली, महेश श्रेष्ठ, रुपेश शाक्य, डिलोन श्रेष्ठ, रविना महर्जन र जफर हुसेन सदस्य छन्।