११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली प्रहरी निरीक्षक बनेका युवक भक्तपुरमा पक्राउ



अ+ अ-

भक्तपुर। प्रहरी निरीक्षकको नक्कली पहिचान बनाएर सर्वसाधारणलाई झुक्याएको आरोपमा भोजपुरका २३ वर्षीय सुजन गिरीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ।

गिरी हाल मध्यपुर ठिमी क्षेत्रमा बसोबास गर्दै आएका छन्। उनले मोबाइलको वालपेपरमा प्रहरी बर्दी लगाएको फोटो राखेर आफू ईन्सपेक्टर भएको भन्दै सर्वसाधारणलाई झुक्याउँदै आएका थिए।

जेठ ६ गते राति ठिमी–२ स्थित दिब्यश्वरी नेवा भुटु रेस्टुराँ अगाडि उनले प्रहरी भएको नाटक गरेको सूचनापछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। हाल गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।