३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली प्रहरी निरीक्षक बनेका युवक भक्तपुरमा पक्राउ



अ+ अ-

भक्तपुर। प्रहरी निरीक्षकको नक्कली पहिचान बनाएर सर्वसाधारणलाई झुक्याएको आरोपमा भोजपुरका २३ वर्षीय सुजन गिरीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ।

गिरी हाल मध्यपुर ठिमी क्षेत्रमा बसोबास गर्दै आएका छन्। उनले मोबाइलको वालपेपरमा प्रहरी बर्दी लगाएको फोटो राखेर आफू ईन्सपेक्टर भएको भन्दै सर्वसाधारणलाई झुक्याउँदै आएका थिए।

जेठ ६ गते राति ठिमी–२ स्थित दिब्यश्वरी नेवा भुटु रेस्टुराँ अगाडि उनले प्रहरी भएको नाटक गरेको सूचनापछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। हाल गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।