२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवराज सुवेदीको पत्रमा रास्वपाले जवाफ नदिने, छलफलै नगर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजसंस्था पुनर्स्थापना लागि हुने लागेको संयुक्त जनआन्दोलनमा संलग्न नहुने बताएको छ ।

पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले उक्त आन्दोलनपछि रास्वपाको नैतिक समर्थन वा ऐक्यवद्धता पनि नरहने स्पष्ट पारेका हुन् ।

संयुक्त जनआन्दोलन समितिका तर्फबाट संयोजक नवराज सुवेदीले हिजो(मंगलबार) रास्वपालाई १५ जेठबाट हुने आन्दोलमा सहभागीता र सहकार्यको प्रस्ताव गर्दै रास्वपालाई पत्राचार गरेका थिए ।

कार्यवाहक सभापति डीपी अर्याललाई सम्बोधन गर्दै लेखेको पत्र रास्वपा कार्यालयमा पुगेको थियो ।

अर्यालले आफूलाई राप्रपाका एकजना केन्द्रीय सदस्यको फोन आएको बताए । ‘नवराज सुवेदीले फोन गर्नुभएको होइन । राप्रपाको एक केन्द्रीय सदस्यले फोन गरेर एउटा पत्र दिनु छ भन्नुभयो । मैले पार्टी कार्यालय छोड्न भनेको थिएँ । पत्र मैले पाइसकेको छु । तर, उहाँहरुले गर्ने भनेको आन्दोलनमा हाम्रो कुनै पनि संलग्नता र सहकार्य हुँदैन’, अर्यालले न्युजपोलारसँग भने ।

साथै। रास्वपाभित्र अहिले राजसंस्थाको बहस नै नरहेको अर्यालको भनाई छ । ‘पार्टीमा यस विषयमा कुनै पनि इस्यू नै छैन । कोही अमुक नेताले चाहेर हुने कुरा पनि होइन । पार्टीमा बहस, छलफल हुनुपर्छ । त्यस्तो केही भएकै छैन’, अर्यालले भने ।

पार्टीमा अनेक किसिमका पत्रहरु आउने भन्दै सबैलाई जवाफ दिइराख्नुपर्छ भन्ने नरहेको प्रस्ट पार्दै पत्रको जवाफ नदिने अर्यालले बताए ।




भर्खरै