२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल आजः दिल्लीको लागि जित आवश्यक, हारे बाहिरिने, मुम्बईलाई भने अर्को मौका



अ+ अ-

काठमाडौँ । आईपीएल २०२५ को ६३ औं खेलमा आज मुम्बई इन्डियन्स (एमआई)ले दिल्ली क्यापिटल्स (डीसी) को सामना गर्नेछ ।

खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । दुवै टोली सिजनमा दोस्रो पटक भिड्दैछन् । अन्तिम खेलमा मुम्बईले दिल्लीलाई १२ रनले पराजित गरेको थियो ।

प्लेअफ दौडमा रहन दिल्लीलाई यो खेल जित्नै पर्ने हुन्छ । टोलीको १२ खेलमा ६ जितसहित १३ अंक छ । जबकि मुम्बईको १२ खेलमा १४ अंक छ । यदि मुम्बईले दिल्लीसँगको खेल हारे पनि १६ अंक पुर्‍याउने अर्को मौका पाउनेछ । तर, दिल्लीलाई कुनै पनि हालतमा मुम्बई विरुद्ध जित आवश्यक पर्नेछ ।

हेड टु हेडमा मुम्बई अगाडि छ । आईपीएलमा हालसम्म दुई टोलीबीच ३६ खेल खेलिएका छन् । जसमध्ये मुम्बईले २० खेल जित्दा दिल्लीले १६ खेल जितेको छ । साथै, दुवै टोलीले वानखेडे रंगशालामा १० पटक खेलेका छन् । यसमध्ये एमआईले ७ पटक र दिल्लीले ३ पटक जितेको छ ।

वानखेडेको पिचले सामान्यतया बलरभन्दा ब्याट्सम्यानलाई बढी फाइदा पुर्‍याउँछ । यहाँ उच्च स्कोरिङ खेलहरू देखिन्छन् । यो विकेटमा पेसरहरूलाई पनि सहयोग मिल्छ । विशेष गरी नयाँ बलको साथ, यहाँ राम्रो स्विङ र बाउन्स हुन्छ ।

यहाँ अहिलेसम्म १२२ आईपीएल खेल खेलाइएको छ । ५६ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने ६६ खेलमा पछ्याउने टोलीले जितेको छ । यहाँको उच्चतम टोली स्कोर २३५र१ हो, जुन रोयल च्यालेन्जर्स बैंगलोरले २०१५ मा मुम्बई इन्डियन्स विरुद्ध बनाएको थियो ।