३० जेष्ठ २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको मुद्दाको सुनवाइ आज स्थगित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई आज नहुने भएको छ ।

हिजो नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

आज न्यायाधीश नहकुल सुवेदी संवैधानिक इजलासमा बस्नु पर्ने भएकाले आज रविको सुनवाइ नहुने भएको हो ।

सबैधानिक ईजलासमा बस्नु पर्ने दुई न्यायधीश बिदामा रहेका कारण सो ईजलाशमा सुवेदी जानु भएको छ ।