८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

गभर्नरमा अड्किएको भनिएको सत्ताको संकट अब टरेको हो ?

गभर्नरमा अड्किएको भनिएको सत्ताको संकट अब टरेको हो ?
अ+ अ-

काठमाडौँ: हिजोका मिडियाका समाचारले भनेजस्तो भएको भए यतिबेला नयाँ सरकार बनिसकेको हुन्थ्यो । हिजो साँझका लागि बोलाइएको मन्त्रिपरिषदको बैठक नबसेपछिका समाचारहरु यही लाइनमा आएका थिए ।

साँझका अनलाइनदेखि  बिहानका अखबारका शीर्षक थिए‐ गभर्नरका कारण सत्तामा संकट, गभर्नरमा दुवैको दाबीपछि ओली देउवा बस्न मानेनन्, ओलीले विश्व पौडेलेको योग्यता नपुगेको भनेपछि गभर्नर नियुक्त हुन सकेन आदि आदि ।

तर वास्तविकता भने त्यस्तो थिएन, समाचारमात्र थियो । पछिल्लो समय वास्तविकता र समाचारमा फरक हुने गरेको गुनासो बालुवाटार र बुढानीलकण्ठको छ । जस्तो कि हिजोको मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री विरामी भएर हुन नसकेको र आफू आराम गर्ने भनेपछि बालुवाटार देउवा नगएको वास्तविकताको ठिक उल्टो गरी समाचार आएको बालुवाटारको भनाई छ ।

यसै विषयलाई गभर्नरमा कुरा नमिलेपछि मन्त्रिपरिषद बस्न नसकेको र अर्कातर्फ गभर्नरका विषयमा सल्लाह गर्न भनेर प्रधानमन्त्रीले बोलाएपछि एउटै विषयमा कति कुरा गर्ने भनेर कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार नगएका भन्ने जस्ता समाचारका आज बुढानीलकण्ठ पूरै खण्डन गर्दछ ।

कांग्रेसकै एक समाचार स्रोतले भन्यो‐ केही बिग्रिएकै थिएन । किनभने विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सल्लाह प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको मिलेपछि नै उनले सिफारिश समितिबाट राजीनामा दिएका थिए । तर पनि मिडियामा भने धेरै कुरा आए ।

प्रतिपक्षी माओवादीले त गभर्नरमा लफडा परेकाले वर्तमान सत्ता गठबन्धन भत्किनै लागेको भनेर आफ्नो पार्टी भित्र सञ्चार गरिरहेकै थियो । यतिसम्म कि आफ्नै कामले देउवा भेट्न पुगेका माओवादी नेता जनार्दन शर्माले पनि कांग्रेस माओवादीको सरकारका बारेमा कुराकानी गरेका भनेर समेत प्रचार गरिएको थियो ।

वर्तमान कांग्रेस एमालेको सत्ता भत्किने र माओवादीको प्रवेशसहित कांग्रेसको नेतृत्वमा सरकार बन्ने प्रचार हुन थालेको यो सरकार बनेकै हप्तादेखि हो । समय समयमा त्यो योजनाको भोल्युम बढ्छ र समयमा घट्दै गएर शिथिल पनि बन्छ । त्यस्तो अवस्था यसअघि पनि पटक पटक आएको हो जसरी गभर्नरको नियुक्ति हुन नसक्दा आएको थियो ।

संख्याका हिसाबले हेर्दा यो सरकारमाथि घुनपुत्लो लाग्ने आधार भेटिँदैन । तर सामाजिक सञ्जाल र अनलाइन मिडियाका समाचार चाहार्ने हो भने सरकारको आयु घन्टामा काउन्टडाउन गर्नुपर्ने जस्तो देखिन्छ । यी दुवैको बीचबाट ओली देउवाको सम्बन्धको मापन गर्ने हो भने उहाँहरु दुवै जना सरकारप्रति कन्फिीडेन्ट देखिनुहुन्छ । त्यसो भए भएको के त ?

भएको चाहिँ सरकार ढाल्नैपर्ने प्रमुख विपक्षी माओवादीका अध्यक्षको हतारो हो । उहाँले आफ्ना कार्यकर्तालाई इङ्गेज गराउनुपर्नेछ, त्यसका लागि यो सरकार आजै या भोलिसम्म ढल्छ भन्ने हो । यो प्रतिपक्षको धर्म पनि हो ।

जबजब सत्तामा अविश्वास बढ्न थालेजस्तो देखिन्छ अर्थात कुनै नियुक्ति आदिमा असमझ्दारी भएको कुरा बाहिर आउँछ त्यसपछि प्रतिपक्षी दलको धर्म निभाउने कामको सुरुवाता बडो जोडतोडका साथ हुन्छ । त्यही समाचारले देशभरी एकफेरो लागेपछि सामाजिक सञ्जाल पनि रनक्कै तात्न थाल्छ ।

आज गभर्नर नियुक्त भए डा विश्व पौडेल, कांग्रेसको कोटाबाट । धेरैजस्तो पछिल्लो समयको सत्ताका प्रमुख दुई दलको लफडा गभर्नरमा पुगेर अड्किएको देखिएको थियो । सत्तमा देखिने संकटको प्रमुख कारक पनि यही थियो । तर आज टुंगियो ।

अब केही समय यताका लागि त्यस्तो झगडाको बीउ केही देखिँदैन । बरु प्रमुख निर्वाचन आयुक्तसँगै अरु पनि केही संवैधानिक पदमा रिक्त भएको पदका लागि चर्चा सुरु हुन भने सक्दछ । त्यसयताका लागि अहिलेलाई सत्ता संकटको पछिल्लो किस्ता बन्द भएको छ । नयाँ नयाँ किस्ताहरुको हिसाब किताब तय हुँदै जानुपूर्व अहिलेका लागि प्रमुख दुई दलीय संकट टरेको देखिएको छ ।