२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेश सदर, गभर्नर बन्न बाटो खुल्ला



फाइल फोटो
अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले अर्थशास्त्री डा विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेशलाई सदर गरेको छ ।

मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनीमाथिको रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो । यससँगै पौडेललाई गभर्नर नियुक्तिको बाटो खुल्ला भएको छ ।

पौडेललाई गभर्नर बनाउन नमिल्ने भन्दै अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तर उक्त रिट सर्वोच्च प्रशासनले दर्ता नगरी दरपीठ गरेको थियो ।

यद्यपी, उनी योग्य हुन् वा होइनन् भन्ने विषय भने उनको नियुक्ति भएको खण्डमा मात्र अदालत प्रवेश गर्नेछ ।

यसअघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच पौडेललाई गभर्नर बनाउने सहमति भइसकेको छ ।