१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर छनौट सिफारिस समितिको बैठक जारी



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर छनौटका लागि गठित समितिको बैठक अर्थ मन्त्रालयमा सुरु भएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त बैठकले आजै गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरी मन्त्रिपरिषदमा पेश गर्नेछ ।

राष्ट्र बैंक ऐन अनुसार गठन हुने गभर्नर छनौट समितिमा अर्थ मन्त्रीको संयोजकत्वमा अरु दुई जना अर्थ वित्त क्षेत्रका प्रबुद्ध व्यक्ति रहने प्रावधान छ । सोही अनुसार, हाल गभर्नर छनौट समितिमा अर्थमन्त्री विष्णु पौडेल, अर्थशास्त्री पोषराज पाण्डे र पूर्व गभर्नर महाप्रसाद अधिकारी हुनुहुन्छ । यस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ जसमा राष्ट्र बैंकका एक जना डेपुटी गभर्नरको नाम अनिवार्य समावेश हुनेछ ।

राजनीतिक सहमतिका आधारमा हुन लागेको गभर्नर नियुक्तीका लागि सम्भावित नामहरुमा विश्व पौडेल, डेपुटी गभर्नर निलम ढुंगाना र अर्थविद अंगराज तिमिल्सिना हुनुहुन्छ ।

गभर्नरको नियुक्ति हुने चर्चा सँगै शेयर बजारमा उछाल आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नरमा प्रा.डा. विश्व पौडेल नियुक्ति गर्ने सहमति भएको छ।