३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर छनौट सिफारिस समितिको बैठक जारी



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर छनौटका लागि गठित समितिको बैठक अर्थ मन्त्रालयमा सुरु भएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त बैठकले आजै गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरी मन्त्रिपरिषदमा पेश गर्नेछ ।

राष्ट्र बैंक ऐन अनुसार गठन हुने गभर्नर छनौट समितिमा अर्थ मन्त्रीको संयोजकत्वमा अरु दुई जना अर्थ वित्त क्षेत्रका प्रबुद्ध व्यक्ति रहने प्रावधान छ । सोही अनुसार, हाल गभर्नर छनौट समितिमा अर्थमन्त्री विष्णु पौडेल, अर्थशास्त्री पोषराज पाण्डे र पूर्व गभर्नर महाप्रसाद अधिकारी हुनुहुन्छ । यस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ जसमा राष्ट्र बैंकका एक जना डेपुटी गभर्नरको नाम अनिवार्य समावेश हुनेछ ।

राजनीतिक सहमतिका आधारमा हुन लागेको गभर्नर नियुक्तीका लागि सम्भावित नामहरुमा विश्व पौडेल, डेपुटी गभर्नर निलम ढुंगाना र अर्थविद अंगराज तिमिल्सिना हुनुहुन्छ ।

गभर्नरको नियुक्ति हुने चर्चा सँगै शेयर बजारमा उछाल आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नरमा प्रा.डा. विश्व पौडेल नियुक्ति गर्ने सहमति भएको छ।