२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ५ र ललितपुरका १ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १६ जनाको पीसीआर नमुना परीक्षण भएको छ । क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ७ सय ८४ पुगेको छ। ५ सय २५ जना रेडजोनमा छन्। आइतबार थप ३ जना रेडजोनमा परेका छन्। 

यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ८ हजार १ सय ७४ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा १४७ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेको कुल संख्या ८ हजार ५ सय ८९ रहेको छ ।  

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।