२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐश्वर्या राय र उनकी छोरी आराध्यामा पनि कोरोना पोजेटिभ



अ+ अ-

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन पछि परिवारका अन्य दुई सदस्यलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अमिताभकी बुहारी र नातिनी अर्थात अभिषेककी श्रीमनी ऐश्वर्या राया बच्चन र उनकी छोरी आराध्यालाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अमिताभ र अभिषकलाई संक्रमण देखिएपछि एश्वर्या र आराध्याको पनि स्वाबको परीक्षण गरिएको थियो । पहिलो पटक गरिएको परीक्षणमा ऐश्वर्या, उनकी छोरी आराध्या र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो । तर, दोश्रो पटक गरिएको परीक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको छ ।

हाल होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् । आज बिहान गरिएको एन्टिजन टेष्टमा उनीहरुको रिपोर्ट नेगिटिभ आएको थियो । दुवैमा सामान्य लक्षण रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । एजेन्सी