२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले सरकारप्रति असन्तुष्टि जनाएका हुन् कि सिस्टमप्रति ?



अ+ अ-

काठमाडौं । संघीय राजधानी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले सोमबार सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे । जुन स्टाटसलाई लिएर अहिले सबैतिर चर्चा भइरहेको छ ।

बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप मात्र लगाएका छैनन्, उनले यो प्रणालीप्रति नै गम्भीर आशंकासमेत व्यक्त गरेका छन् ।

उनले लेखेका छन्–

जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा,

देशको सवै पार्टीको सबै लागेर भ्रस्टाचारी जोगाउँछु भन्छ ?

त्यसको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?

माफ गर्नुहोस् केपी ओली, म तपाईंको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन ।

यही जेठ १५ गते गणतन्त्र दिवस मनाउन आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीमाथि प्रश्न उठाएका थिए ।

मूल आयोजक समितिका पदेन सदस्य रहने काठमाडौंका मेयरको अनुपस्थितिलाई लिएर प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएको खबर सार्बजनिक भएपछि मेयर साहले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री माथी कटाक्ष गरेका हुन् । उनले ओलीमाथि कटाक्ष मात्र गरेका छैनन्, भ्रष्टाचार प्रणालीलाई समर्थन नगर्ने घोषणा पनि गरेका छन् ।

बालेन २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले जस्ता स्थापित राजनीतिक दलका उम्मेदवारलाई हराउँदै काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । उनी स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका हुन् । बालेनको कुनै राजनीतिक आस्था छैन । स्वतन्त्र भएर नै अहिलेसम्म काम गर्दै आएका छन् ।

संघीय सरकारसँग धेरै विषयमा टकराव लिइरहने बालेनले पटक पटक आफ्ना कुरा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्छन् । तर उनी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाअन्तर्गत नै काठमाडौं महानगरको प्रमुख भएका हुन् । तर उनले वर्तमान प्रणालीबाट अहिलेसम्म कुनै पनि धारणा सार्वजनिक गरेका थिएनन् ।

कहिले संघीय सरकारसँग त कहिले प्रदेश सरकारसँग जुहारी खेलिरहने बालेनले सार्वजनिक रुपमा राजनीतिक प्रणालीमाथि प्रश्न उठाएका छैनन् । तर सोमबार भने उनले अहिलेको प्रणालीलाई नै भ्रष्ट भनेका छन् । यो अभिव्यक्तिले कतै बालेन संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी त होइनन् भन्ने प्रश्न उठेको छ ।

त्यसो त बालेनले अहिलेसम्म प्रदेश सरकारप्रति नकारात्मक टिप्पणी गरेका थिएनन् । तर उनको प्रदेश सरकारप्रति पनि सकारात्मक धारणा नभएको एउटा अभिव्यक्तिबाट थाहा हुन्छ ।

बालेनले गत पुस २८ गते प्रदेश सरकारको भूमिकामाथि प्रश्न उठाएका थिए । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव हरिप्रसाद लम्सालसँगको भेटमा काठमाडौंका प्रमुख शाहले स्थानीय सरकारका समस्या संघीय सरकारसँगै भन्नुपर्ने भए प्रदेश सरकार किन चाहियो भन्दै प्रश्न उठाएका थिए ।

त्यस बेला उनले भनेका थिए– ‘संघबाट अधिकार लिन सक्ने र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको हो । अहिले यो अवस्थाको आभास हुन सकेन ।’ उनले अगाडि भनेका थिए– ‘स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नुपर्ने भए प्रदेश सरकार किन चाहियो ? सुकुमवासीको समस्या आउँदा पनि संघ सरकार सक्रिय छ । नदी प्रणालीको सुधार तथा पुनस्र्थापनाका विषयमा पनि संघ सरकारकै चासो देखिन्छ । यस्ता विषयमा प्रदेश सरकार नदेखिने ठाउँमा भएपछि यसको के अस्तित्व रहन्छ ? स्थानीय तहले गर्ने काममा त प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो । तर, त्यसो हुन सकेन ।’

यो भनाइले पनि बालेन शाह प्रदेश सरकारप्रति कठोर हुन् भन्ने आँकलन गर्न सकिन्छ । तर प्रदेश सरकार नै खारेज हुनुपर्छ भनेर चाहिँ उनले कहिल्यै बोलेका थिएनन् । सोमबार प्रधानमन्त्री ओलीप्रति आक्रोस व्यक्त गर्ने क्रममा उनले यो भ्रष्ट प्रणालीलाई समर्थन गर्न नसक्ने घोषणा गरेका छन् । यो भनाइले बालेनलाई फेरि एकपटक विवादमा तानेको छ ।

राजतन्त्र पुनस्र्थापनाको माग राखेर राजावादीहरुले आन्दोलनका कार्यक्रम चलाइरहेका बेला काठमाडौं महानगरपालिकाका प्रमुखले सामाजिक सञ्जालमार्फत् विवादास्पद स्टाटस सार्वजनिक गरेर यो प्रणालीलाई समर्थन नगर्ने घोषणा गरेका हुन् ।

बालेनले यो प्रणालीलाई समर्थन नगर्ने घोषणाको अर्थ के हो त ? उनले सरकारमाथि आक्रोस व्यक्त गरेको भए त्यही अनुसारको कुरा राख्थे होलान् । तर यहाँ त त्यो देखिएको छैन । सिस्टममाथि नै प्रश्न उठाएका हुन् ।

अघिल्लो वर्ष पनि गणतन्त्र दिवसको कार्यक्रममा बालेन सहभागी भएका थिएनन् । प्रधानमन्त्रीले बोलाएको बैठकलाई पनि उनले अटेरी गर्दै आएका छन् । यस पटक पनि बालेन गणतन्त्र दिवसको कार्यक्रममा सहभागी हुन्छन् या हुँदैनन् भन्ने प्रष्ट भइसकेको छैन । गणतन्त्र दिवस मनाउन उनी सहभागी नहुँदा कतै उनी यो व्यवस्था मान्न तयार छैनन् कि भन्ने आशंका थियो । तर उनले खुलेर बताइरहँदा यसलाई सहज रुपमै लिइएको थियो । तर अहिले त उनले यो भ्रष्ट सिस्टमको समर्थन गर्दिंनँ भनेर खुलेरै बताएका छन् ।

गणतन्त्र दिवस मूल समारोह समितिमा काठमाडौं महानगरका प्रमुख पदेन सदस्य हुने कानुनी व्यवस्था छ । तर यहाँ त महानगर प्रमुख नै गणतन्त्र दिवस मूल समारोह समितिमा उपस्थित हुनु त कता हो कता ? भ्रष्ट प्रणालीलाई समर्थन नगर्ने घोषणा गरेर व्यवस्थामाथि नै प्रश्न उठाउने अवस्था सिर्जना गरेका छन् ।

बालेनको आक्रोस सरकारमाथि भएको भए सरकारलाई दोष देखाएर लेख्न सक्थे । तर यहाँ त प्रधानमन्त्री ओलीलाई तपाईंको भ्रष्ट सिष्टमलाई समर्थन गर्न नसक्ने घोषणा गरेका छन् । उनको यो अभिव्यक्तिको विभिन्न पाटोबाट विश्लेषण गर्न सकिन्छ । तर सरसर्ती हेर्दा बालेन वर्तमान व्यवस्थाप्रति नै कठोर बनेको त होइन भन्ने देखिएको छ ।