काठमाडौँ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनलाई बढी प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

सोमवार ललितपुरमा सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपालमा २२ २२ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन हुने गरेको भन्दै स्वदेशी उत्पादनको बढी प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले स्वदेशी उत्पादनको प्रयोग बढी गर्दा आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न सकिने बताउनु भयो । स्वदेशी उत्पादनको प्रयोग बढाउनसके अर्थतन्त्रलाई पनि सही दिशामा लैजान सकिने र आयातलाई नियन्त्रण गर्न सकिने बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘सिमेन्टको कुरा गर्दा २२ मिलियन मेट्रिक टन सिमेन्ट हामीले स्वदेशमै उत्पादन गर्ने गरेका छौँ । कस्टको लागि हेर्ने हो भने सामग्रीहरु आयात गर्नु भन्दा आफ्नै देशमा उत्पादन भएको सिमेन्ट प्रयोग गर्दा प्रोडक्शनलाई पनि बढवा दिन्छ । आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न उल्लेखनिय रुपमा भुमिका खेल्छ । यस पक्षलाई ध्यान दिएर अघि बढ्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले नेपालको भूबनावट चुनौतिपूर्ण रहेको बताउनु भयो ।