४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

‘स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीमाथि दुर्व्यवहार बढ्यो’

‘स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीमाथि दुर्व्यवहार बढ्यो’
अ+ अ-

काठमाडौं । दुर्घटनामा परेरकोहीघाइते भए या कुनै रोगका कारण कोही विरामी परेमा उनीहरुको उपचारको लागि विरामीको नातेदार नजिकको सरकारी या नीजि अस्पतालतिर दौडिन्छन । विरामीले आफुलाई वचाईदिने अस्पतालका स्वास्थ्यकर्मीलाई त्यतिखेर भगवानभन्दा पनि ठुलो मान्छ भने आफन्तले उनीहरुलाई महान मान्छन । कसैको ज्यानबचाउने महानधार्मिक पेशामा आवद्ध भएकोमा स्वास्थ्यकर्मीहरु पनि दंग हुन्छन र गर्व महसुस गर्छन । समाजमा उनीहरुको छुट्टै इज्जत र प्रतिष्ठा हुन्छ । तर तिनै घाइते र विरामीलाई समयमै उपचार गरि कालको मुखबाट जोगाउने प्रयास गर्ने स्वास्थ्यकर्मीलाई पछिल्लो समय समाजमा टिक्न बस्नगाह्रो हुन थालेको छ ।

एक अर्कामा सजिलैसंग सर्ने विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड—१९) संक्रमितहरुको जाँचपडताल, खकार र र्याल परिक्षण लगायत उनीहरुको उपचारमा फ्रन्टलाइनमा रहेर विभिन्न अस्पताल र स्वास्थ्यचौकीमा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरुलाई यतिखेर समाजले गर्ने व्यवहार ठ्याक्कै उल्टो हुन थालेको छ । कोभिड—१९ को संक्रमण अघिसम्म त्यस्ता स्वास्थ्यकर्मी र अस्पतालमा कामगर्ने अन्य प्रशासनिक कर्मचारीलाई समेत सम्मान र व्यवहार गर्ने त्यहि समाज अहिले विगतमा दलित जातिमाथि गरिने जस्तो उल्टो व्यवहार गर्न लागेकोमा उनीहरु चिन्तित देखिन्छन ।

एक त आफ्नो ज्यान नै जोखिममा राखेर अस्पतालमा डराई डराई काम गर्नुपर्ने त्यसमा पनि डेरामा फर्किदा चोरबाटो अपनाउनुपर्ने या घरवेटीसंग लुकेर डेरामा छिर्नुपर्ने वाध्यताभएको उनीहरु गुनासो गर्नछ । समाजले पनिउनीहरुलाई कर्के नजरले हेर्न थालेको छ । घर हुनेहरुलाई पनि विगतमा राम्रो व्यवहार गर्ने तिनै छिमेकीहरुले अपराधीलाई झैं हेर्न थालेको उनीहरुको गुनासो छ ।
‘अब त आफु फलानो अस्पतालमा काम गर्छु’भनेर पनिभन्न डर भईसक्यो  राजधानीको एउटा अस्पतालका स्वास्थ्यकर्मीले गुनासो गर्दै भने । झन त्यसमा त आफुहरु कार्यरत अस्पतालमा विरामी या कुनै अमुक स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमण देखियो भने त्यो अस्पतालमा काम गर्ने अन्य स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीलाई समेत समाजले गलत नजरले हेर्दै सकभर आफुहरुबाट टाढै बसोस् भन्ने खालको दुव्र्यवहार गर्न थालेको उनीहरु गुनासो गर्छन । 

केहीदिन अघि अस्पतालबाट लखतरान भएर डेरामा फर्किएका स्वास्थ्यकर्मीलाई घरवेटीले गेटमा छोयो भनेर दुव्र्यवहार गरेको समेत उनले गुनासो गरे । त्यतिमात्रै नभई कुनैपनि अस्पतालका स्वास्थ्यकर्मी या प्रशासनिक कर्मचारीहरुले सञ्चालन गर्दै आएको अरु किसीमको कुनै पेशा व्यवसायलाई समेत समाजले अनौठो नजरले हेर्न थालेको छ । जवकी पछिल्लो समय विरामीको उपचारमा ज्यानवाजी राखेर खटिने स्वास्थ्यकर्मीहरु आफैंलाई कोरोना संक्रमण भएपछि उनीहरु पनि १४ दिनसम्म क्वारेन्टाइन या आइसोलेसनमा बसेर घर डेरामा फर्किनवाध्य छन् ।क्वारेन्टाइन अवधि पुरा गरि स्वस्थभएर डेरामा फर्किँदा पनि उनीहरुलाई घरवेटीले गर्ने व्यवहार अव्यवहारिक र तल्लोस्तरको हुने गरेको पाइन्छ । 

‘विरामी या घाइतेलाई बचाउने स्वास्थ्यकर्मीहरु माथि अहिले समाजले छुवाछुतको जस्तो  दुव्र्यवहार गर्ने र भोलि समाजको त्यहि मानिस विरामी भएर अस्पतालमा बस्दा स्वास्थ्यकर्मीले पनि उसको उपचारमा उचित    ध्यान नदिने हो भने के हुन्छ ? समाजले यो पनिबुझ्न जरुरी छ’—नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा कार्यरत प्रशासन अधिकृत निवानिश राई भन्छन—‘२१ औं शताव्दिको शिक्षित समाजले आफुलाई सकारात्मक रुपमा परिवर्तन गर्न जरुरी छ ।’