१ आश्विन २०८३, बिहीबार
,
Latest
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनासको बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुर्याउन पूर्वराजा शाहको आग्रह



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्याएको क्षति प्रति दुःख व्यक्त गर्दै विनासको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुगोस् भन्ने आग्रह गर्नु भएको छ ।

 साेमबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले  यो वर्षको वर्षातको कारण हाम्रो देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाइते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवारविहिन भएको सुन्दा, देख्दा र बुझ्दा अत्यन्त दुःखित भएको उल्लेख गर्नुभएको छ ।

उहाँले शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् भन्ने आग्रह समेत गर्नुभएको छ । । हाम्रो जस्तो  पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक वर्ष हुने प्रकृया भएको उल्लेख गर्दै उहाँले यसको रोकथाम र सजगताको निम्ति समयमै पर्याप्त  ध्यान दिन सके क्षति न्यूनीकरणमा योगदान पुग्ने उल्लेख गर्नुभएको छ  । 

पूर्व राजाले प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने कामना गर्दै ईश्वरमा प्रार्थना समेत गर्नुभएको छ । उहाँले प्राकृतिक विपदको यो समयमा म शोक सन्तप्त पीडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाइते भएका सबैको शीध्र स्वास्थ्यलाभको कामना समेत गर्नु भएको छ ।