१ आश्विन २०८३, बिहीबार
,
Latest
कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ कम्युनिष्ट नेत्री थापाको निधन



अ+ अ-

हेटौँडा । वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन भएको छ । नेकपा मकवानपुरका अभिभावकसमेत रहनुभएकी कम्युनिष्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्षका उमेरमा गए राति हेटौँडा अस्पतालमा निधन भएको हो । तत्कालीन नेकपा (एमाले)का सल्लाहकारसमेत रहनुभएकी थापा विसं २०३५ देखि ०४६ सम्म तत्कालीन नेकपा (एमाले)को सेल्टरदाताका रूपमा चर्चित हुनुहुन्थ्यो ।
 
लामो समयदेखि मुटुसम्बन्धी समस्याले ग्रस्त थापाको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी दिनुभयो । मकवानपुरको कम्युनिष्ट आन्दोलनकी वरिष्ठ नेत्री थापा हेटौँडा उपमहानगरपालिका–१७ राजदेवी निवासी हुनुहुन्थ्यो ।

उहाँले अहिलेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी, नेता जीवराज आश्रित, विद्यादेवी भण्डारी, मालेका महासचिव सिपी मैनाली, नेकपाका नेता प्रदीप नेपाललगायतका नेतालाई आश्रय दिने गर्नुभएको नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने बताउनुहुन्छ । अहिले थापालाई श्रद्धाञ्जलि दिन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानालगायत नेकपाका नेताहरूको निवासमा उपस्थिति छ । उहाँको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।