४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै

न्याय सम्पादन हुनु अघि नै न्यायिक प्रक्रियाको हत्या गरिँदैछ !

न्याय सम्पादन हुनु अघि नै न्यायिक प्रक्रियाको हत्या गरिँदैछ !
अ+ अ-

म अदालतमा विचाराधीन (sub-judice) मुद्दाको भित्री तथ्यमा सार्वजनिक बहस गर्न चाहन्नँ । तर, एकजना सांसदसँगै कानुनको विद्यार्थी र नागरिकको हैसियतले अदालतले नै न्यायिक प्रक्रिया (Due Process) मिच्न थालेको विषय निकै संवेदनशील र गैरन्यायिक भएको महसुस गरेको छु ।

यो केबल कानुनी त्रुटि होइन, अदालतले नै संविधानको मूल आत्मामाथि पुर्याएको चोट हो । संविधानको रक्षा गर्न अदालत कति सक्षम छ भन्ने प्रश्न पनि जन्मिएको महसुस गरेको छु ।
नेपालको संविधानले स्पष्ट रूपमा भनेको छ कि “विधिको शासन सर्वोच्च हो।”

संविधानको धारा २०(९) मा “प्रत्येक व्यक्तिलाई स्वच्छ सुनुवाइको अधिकार हुनेछ” भन्ने व्यवस्था छ ।

न्यायिक प्रकृयाको सहि पालनाबिना निष्पक्षता सम्भव हुँदैन। र, यो अधिकार त झन थुनामा रहेका प्रतिवादीका लागि अत्यन्त संवेदनशील हुन्छ।

तर, उच्च अदालत पोखरामा अनौठो र गैरसंवैधानिक परिदृश्य देखिएको छ । अदालतले प्रतिवादीलाई जानकारी नदिई मुद्दाको पेसी तोक्ने र सुनुवाइ सुरु गर्ने कार्य भयो । सुनुवाई सुरु गरेको मुद्दा हेर्दाहेर्दैमा छ, अनि आज बल्ल पेसीको जानकारी प्रतिवादीलाई देऊ भन्ने आदेश भएछ ।

यो त जबरजस्त “जानकारी भएनछ ठिकै छ, अब जानकारी दिनु तर हेर्न त अब मैले नै हेर्नुपर्यो, बरू छिटो जानकारी दिएर बोलाउ” भन्या जस्तो भाव प्रष्ट भएन र ? इजलासले प्रवित्त धारणा राखेको विषयमा शंका सिर्जना हुन्छ कि हुँदैन ?

सूचना दिएर मात्र पेसी राख्ने हो । सुनुवाई नै सुरु भइसकेपछि आफ्नो विपक्षीले के तर्क गरे भन्ने पनि सुन्न नपाई कसरी आफ्नो तर्क प्रस्तुत गर्नु ? यो त प्राकृतिक न्यायको सिद्धान्तको घोर उलंघन भयो ।

यी क्रियाकलापले कार्यपालिका प्रेरित प्रवृत्तिको अनुशरण न्यायालयले गरेजस्तो देखिन थालेको छ।

यसरी एकपक्षीय रुपमा अगाडि बढाइएको प्रक्रिया न्यायको सारवस्तु माथि नै प्रहार हो । सुनुवाइ निष्पक्ष हुनुपर्छ । निष्पक्ष देखिने प्रयत्न गर्ने, तर निष्पक्ष नहुने अवस्था अदालतले सिर्जना गर्न खोज्नु लोकतन्त्रको रक्षक अदालत क्षयीकरणको बाटोमा हिँडेको स्पष्ट संकेत हो ।

Justice must not only be done, but must manifestly and undoubtedly be seen to be done; neither should there be actual bias in judicial proceedings, nor even the appearance of bias on the part of the judge or the court.

सर्वोच्च अदालतले भेषराज खत्रीसम्बन्धी बन्दी प्रत्यक्षीकरण मुद्दामा २०७८ असोज १४ गतेको निर्णय (निर्णय नं. १०७१३) मा स्पष्ट भनेको छ—“अदालतले सुनुवाइका लागि प्रतिवादी पक्षलाई पूर्वसूचना दिई, तिनलाई जवाफ दिने अवसर दिएर मात्र आदेश परिवर्तन गर्न सकिन्छ। सो सूचना सोही अदालतमार्फत दिनु पनि अनिवार्य हुन्छ।”

पूर्वन्यायाधीशहरूको फोरमले राज्यका अन्य निकायले कानुनी मर्म मिचेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। तर आज अदालतले ‘Due Process of Law’ उल्लंघन गर्न थालेको छ । अब त पूर्वन्यायाधीश फोरमले न्यायपालिकाको कार्यशैलीमै प्रश्न उठाउनुपर्ने बेला भयो जस्तो छ ।

यदि अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थाल्यो भने, यो देशमा विधिको शासन बाँकी रहँदैन । केवल विधिको आवरण बाँकी रहन्छ । र, त्यो स्थिति आयो भने जनताको आक्रोश सडकमा पोखिनु इतिहासको स्वाभाविक परिप्रवाह हो ।

न्याय सम्पादन हुनु अघि नै न्यायिक प्रक्रियाको हत्या गरिँदैछ । यसको मौन साक्षी हुने कि जागरुक प्रतिरोध गर्ने, यो अब संसद् र नागरिक समाजको साझा चासोको विषय हो।

विधि मिचिएको विषयमा निरन्तर खबरदारी गर्ने मूल धर्म र चरित्रबाट प्रेस जगत पनि पछि हट्नु हुँदैन । कुनै विषयप्रति त्यतिविधी अनदेखा गर्नुपनि ठीक हैन कि कुनै व्यक्ति गैरकानुनी तरबारको प्रहारबाट मारियोस् । यदि यस्तो भयो भने प्रेस जगतले पनि कानुनी शासन कायम गर्न भूमिका नखेलेको कारण पुस्तामा आएको निराशा र त्यसका अवयवको ग्लानीमा जल्नुपर्ने हुन्छ ।

व्यक्तिप्रतिको धारणा अलग- अलग होला तर विधि बचाउने जिम्मा साझा हो । ‘Due Process of Law’ अनिवार्य हो ।

रास्वपा नेतृ सोविता गौतमले सामाजिक संञ्जालमा राख्नु भएको न्यायीक टिप्पणी