२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई थप २ रजत र १ कांस्य



अ+ अ-

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा थप २ रजत र १ कांस्य जितेका छन् ।
प्रतियोगिताको अन्तिम दिन आइतबार पुम्सेतर्फ १८–३९ वर्षको पुरुषमा पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत जिते । महिला १५–१७ वर्षमा अस्मिता नगरकोटीले कांस्य जितिन् । 

योसहित प्रतियोगितामा एनटीएका खेलाडीले १ स्वर्ण, ४ रजत र ३ कांस्य जितेको एनटीएका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।

यसअघि मधु सापकोटाले ४० वर्षमाथि स्वर्ण तथा प्रगति कुइकेलले १३–१४ वर्ष र आयुश बोहराले १५–१७ वर्षमा रजत जितेका थिए । १०–१२ वर्षमा भिजन तामाङ र यु–९ मा प्रवीण श्रेष्ठले कांस्य हात पारेका थिए । प्रतियोगितामा अध्यक्ष खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।