११ श्रावण २०८३, सोमबार
,
Latest
ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिनुपर्ने’



प्रतिनिधिसभा बैठक काठमाडौँ, २८ माघः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभाको बैठक । तस्बिरः गोपाल दाहाल÷रासस
अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी छ ।

छलफलका क्रममा सांसदहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन, पूर्वाधार विकासलगायत क्षेत्रमा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको हो ।

सांसद शान्ति विकले सरकारले ढिलासुस्ती नगरी उपलब्ध स्रोतसाधनको उपयोग गर्दै वर्तमान अवस्थाको सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार र सूचना प्रविधिलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।

सांसद सुदन किरातीले राष्ट्रिय सहमतिका आधारमा बजेटका प्राथमिकता तय गर्न सुझाव दिनुभयो । उहाँले सङ्घीयताको कार्यान्वयन, जनताको विश्वास जित्ने कार्य र बेरुजु घटाउन सुशासन मजबुत बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सांसद सीताकुमारी रानाले विधेयकमा समावेश प्राथमिकता सान्दर्भिक र समयसापेक्ष रहेको बताउँदै त्यसको प्रभावकारी कार्यान्वयनमा सरकार गम्भीर हुने आशा व्यक्त गर्नुभयो ।

सांसद वासुदेव घिमिरेले बेरुजु शून्यमा झार्ने लक्ष्य लिएर पारदर्शी र व्यावहारिक कार्यान्वयन सुनिश्चित गर्नुपर्ने बताउनुभयो । कतिपय प्रभावकारी योजना हुँदाहुँदै कार्यान्वयन पक्ष कमजोरी देखिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सांसद गङ्गा कार्कीले बजेट ल्याउँदा संसद्मा उठेका विषयलाई समावेश गर्नुपर्ने भन्दै जमिनको चक्लाबन्दीको गुरुयोजना र भन्सार प्रणालीको पूर्ण डिजिटलाइजेसनलाई प्राथमिकता दिन सुझाव दिनुभयो ।

सांसद कल्पना चौधरीले थारु बहुल क्षेत्रमा वंशाणुगत रोग सिकलसेलको उपचारका लागि छुट्टै स्वास्थ्य सेवा एकाइको स्थापना र मुक्त कमैया तथा कमलरीहरूको उचित व्यवस्थापनको माग गर्नुभयो ।

सांसद दुर्गा राईले समग्र देशको आवश्यकताअनुसार सन्तुलित बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद सन्तोष चालिसेले ठूला योजनाको सट्टा साना र व्यवहारिक कार्यक्रममार्फत अर्थतन्त्र सुधार गर्नुपर्ने तर्क राख्नुभयो । रासस