२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली-प्रचण्डबिचको छलफल सकियो, आज पनि निष्कर्ष बिहिन



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल फेरि निष्कर्ष बिहिन बनेको छ । 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटामा अध्यक्षद्वय बिच भएको छलफल निष्कर्ष बिहिन बनेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुधबारपछि पहिलो पटक एक्लाएक्लै वार्तामा बसेका ओली र दाहालको छलफल निष्कर्ष विहिन भएकोले जानकारी दिए । उहाँहरुबीच केहीबेर छलफल भएको हो, सुनाउन लायक त्यस्तो केही भएको छैन,’ थापाले भने ।

पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताएका ओली र दाहालबीचको यो छलफललाई चासोपूर्वक हेरिए पनि अन्ततः बैठक निष्कर्षविहिन भएको छ । पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।  

यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष दाहाल र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन् । जारी छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्याएका छन्  ।