११ श्रावण २०८३, सोमबार
,
Latest
ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुुलाटारमा भएको भेटमा मन्त्री यादवले नेपालमा सगरमाथा संवाद कार्यक्रमका लागि आमन्त्रण गरेकामा धन्यवाद दिँदै सगरमाथा विश्वकै छानो भएकाले यसको सुरक्षामा सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संवाद कार्यक्रममा सहभागिता र उद्घाटन समारोहमा सन्देशयुक्त मन्तव्यका लागि मन्त्री यादवलाई धन्यवाद दिनुुभयो । उहाँले हिमालहरूको रक्षा, डढाइएका छ्वालीको धुवाँबाट वातावरणीय असरका विषयमा नेपाल, भारत, बङ्गलादेशलगायत मुलुक मिलेर क्षेत्रीय खालका यस्ता सम्मेलन आयोजना गर्न प्रस्ताव गर्नुभयो ।

भेटका अवसरमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । रासस