१ आश्विन २०८३, बिहीबार
,
Latest
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक यातायात संचालन गर्दा कुन कुन मापदण्ड अपनाउने ? – डा. रवीन्द्र पाण्डे



अ+ अ-

लामो समयको लकडाउनपछि सार्वजनिक यातायात खुलेको छ । सार्वजनिक यातायात प्रयोग गर्दा पर्याप्त सतर्कता अपनाउन सकिएन भने कोरोना संक्रमण फैलिने डर हुन्छ । सार्वजनिक यातायात संचालन गरेका विश्वका अधिकांश सहरमा संक्रमण ब्यापक फैलिएको तथ्यलाई नजरअन्दाज गर्नु हुँदैन । यो विषम परिस्थितिमा सार्वजनिक यातायात सेवामुखी बन्नु जरुरी छ । यसको लागि निम्न लिखित सुरक्षा सतर्कता अपनाउनु जरुरी छ ।

१. ड्राइभर, कन्डक्टर तथा हेल्परको कोरोना परीक्षण गर्ने ।
२. यातायातका साधनलाई बाहिर तथा भित्र दैनिक धुने, स्प्रे गर्ने तथा ढोका, ह्यान्डल, सिट आदिलाई दिनमा पटकपटक संक्रमणरहित
बनाउने ।
३. पुराना फोम तथा कपडा भएका सिटलाई निकालेर सिन्थेटिक वा प्लास्टिकका सिट बनाउने । यसो गर्दा सफाइ गर्न सजिलो हुन्छ ।
४. घटीमा पनि १।५ मिटरको दूरी कायम हुने गरी सिट प्लान गर्ने ।
५. यातायातका साधनमा अनिवार्य रूपमा ह्यान्ड स्यानिटाइजर राख्ने ।
६. ड्राइभर तथा सहयोगीले अनिवार्य रूपमा सही तरिकाले मास्क, पञ्जा, चश्मा तथा फेस शील्डको प्रयोग गर्ने, पटकपटक ह्यान्ड
स्यानिटाइजर प्रयोग गर्ने, नथुक्ने, चिच्याएर कुरा नगर्ने ।
७. प्रवेश गर्न एउटा ढोका र बाहिर निस्किन अर्को ढोका प्रयोग गर्ने ।
८. सबै झ्याल अनिवार्य रूपमा खोल्ने ।
९. पहिलो महिना सिट क्षमताको ३० प्रतिशत मात्र प्यासेन्जर राख्ने ।
१०. स्टपमा मात्र चढ्ने तथा ओर्लिने व्यवस्था गर्ने ।
११. चढ्दा तथा ओर्लिंदा हतार नगर्ने, एक एक जनाको दूरी कायम हुने गरी चढ्ने तथा ओर्लिने, ढोकाको मुखमा तथा बस स्टपमा दूरीको
ख्याल गर्ने ।
१२. प्यासेन्जरले सही तरिकाले मास्क लगाउने, चश्मा लगाउने तथा स्यानिटाइजर पटकपटक प्रयोग गर्ने, बसमा जथाभावी नछुने,
छोएपछि हात सफा गरिहाल्ने तथा नाक मुख र आँखालाई नछुने, व्यक्तिगत दूरीको ख्याल गर्ने ।
१३. आधा घण्टासम्मको दूरीमा बस प्रयोग नगर्ने, हिँड्ने ्र हलुका र शरीर छोपिने कपडा लगाउने ।
१४. सुरक्षित यात्राको लागि प्रत्येक बसमा अनुगमन गर्न र मिलाउनका लागि एकजना सुरक्षाकर्मीको व्यवस्था गर्ने ।
१५. दुई महिना माइक्रोबस नचलाउने, माइक्रोबसमा व्यक्तिगत दूरी असम्भव हुन्छ ।
१६. ज्वरो, रुघा तथा खोकी लागेका व्यक्तिलाई सार्वजनिक बसमा नचढ्ने ।
१७. प्यासेन्जर तथा चालक समूहले गन्तव्यमा पुगेपछि साबुनपानीले मिचीमिची हात धुने लगायतका सरसफाइ गर्ने ्र
१८. बालबालिका, गर्भवती, सुत्केरी, दीर्घबिरामी तथा जेष्ठ नागरिकले सकभर यो दुई महिना सार्वजनिक यातायातको प्रयोग नगर्ने ।
१९. पैसाको क्यासलेस कारोबार गर्ने, त्यो सम्भव नभएमा खुद्रा मिलाएर दिने, फिर्ता नलिने ।
२०. बसमा थर्मल गन (ज्वरो नाप्ने) ले प्यासेन्जरको तापक्रम नाप्ने ्र बसभित्र स्यानिटाइजर राख्ने ्र मास्क नलगाएका व्यक्तिलाई
बस चढ्न नदिने ।