१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेध गरेर लाने हो भने सरकारले भन्दियोस् कि हामी विद्रोहमा जान्छौं: राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)  का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, हिन्दू धर्म मान्छु, संघीयता खारेजी हुनुपर्छ भन्दा सरकारले प्रताडित बनाएको बताउनु भएको छ ।

प्रतिनिधि सभाको बैठकमा शुक्रबार अध्यक्ष लिङ्देनले राजा, हिन्दू राष्ट्र मान्छु, संघीयता मान्दिनँ, प्रदेशको खारेजी हुनुपर्छ, देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार हुनुहुन्न, भ्रष्टाचारीहरूलाई दण्डित हुनुपर्छ भन्नेहरूले यस प्रकारको प्रताडित हुनुपर्ने हो भने सरकारले विद्रोहमा जाऊ भन्नुपर्ने अबस्था आउने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘सरकारले नेपालको संविधानको धारा १७, २७०, २७४ को निरन्तर उल्लंघन गरिराखेको छ। करिब दुई महिनादेखि रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरूलाई विचारकै कारणले राजसंस्था मान्छु, हिन्दू राष्ट्र मान्छु, संघीयता मान्दिनँ भनेकै कारणले अपमानपूर्वक प्रहरी खोरमा राखिएको छ। आज फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरेको समाचार आएको छ। आस्थाकै आधारले यसरी एकपछि अर्को मानिसलाई अनेक बहानामा पक्राउ गर्दै लैजाने हो भने म प्रधानमन्त्री र गृहमन्त्री र सिंगो सरकारलाई सभामुख महोदयमार्फत् भन्न चाहन्छु, यसरी निषेध गरेर लाने हो भने सरकारले भन्दियोस् कि हामी विद्रोहमा जान्छौं।’

उहाँले भन्नुभयो ‘सरकाले भन्नुपर्‍यो विद्रोहमा जाऊ भनेर, जंगल पस भनेर भन्नुपर्‍यो। यो अत्यन्त दु:खद्, मानव अधिकारविरूद्ध, प्रजातान्त्रिक हक अधिकारविरूद्ध, अहिलेको संविधानले व्यवस्था गरेको सुविधाको विरूद्ध सरकारको तर्फबाट क्रियाकलाप भइरहेको छ।’

नेपाल प्रहरीको साईवर व्यूरोले राप्रपा निकट प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय अध्यक्ष सुजित केसीलाई बिहान ९ बजे घर बाट नै पक्राउ गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार घरमा नै रहेका केसीलाई बिहान ९ बजे तीर आएका प्रहरीले पक्राउ गरेका हुन् ।