१ आश्विन २०८३, बिहीबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघका पदाधिकारी र कलकत्ताका लागि नवनियुक्त महावाणिज्यदूत बीच भेटवार्ता



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र कलकत्ताका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल बीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भयो । 

सो अवसरमा महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघका महानिर्देशक धरणीधर खतिवडाको सहभागिता थियो । आफ्नो कार्यभार सम्हाल्न त्यसतर्फ जानुअघि महासंघका पदाधिकारी र नवनियुक्त नेपाली महावाणिज्यदूत बीच औपचारिक भेटवार्ता भएको हो । 

भेटवार्तामा नेपाल भारत व्यापार तथा पारवहन, नेपाली कृषि उत्पादनहरूको भारत निर्यातमा सहजीकरण, गैह्र भंसार अवरोध, दुवै देशका प्रादेशिक सरकार बीचको अन्तर सम्बन्ध विस्तार, आइसीपीहरूको निर्माण तथा प्रभावकारी उपयोग, कन्कर र सिपिङ कम्पनीहरूको एकाधिकार, नेपालका लागि पैठारी गरिएका तेस्रो मुलुकको बल्क कार्गोका लागि स्थान विस्तार, कन्टेनरको बिलम्व चार्जका कारण नेपाली आयातकर्तालाई परेका समस्या एवं तिनको निराकरण लगायतका विषयमा छलफल हुनुका साथै यी विषयहरूमा महावाणिज्यदूतबाट सक्दो सहयोगको अपेक्षा महासंघका तर्फबाट सो अवसरमा गरिएको थियो । 

सो अवसरमा नवनियुक्त महावाणिज्यदूत पौडेलले नेपालको आयात निर्यात व्यापारलाई सहजीकरण गर्ने, बन्दरगाहको प्रयोगमा नेपाली व्यवसायीहरूले भोग्नु परेका समस्या समाधान एवं नेपालको भारत निर्यात प्रवद्र्धनमा आफूले सक्दो सहयोग गर्ने र नेपाली निजी क्षेत्रसंग नजिकमा रहेर कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।