२७ श्रावण २०८३, बुधबार
,
Latest
इरानको नाकाबन्दी उल्लंघन गरेको आरोपमा अमेरिकी सेनाद्वारा पानामाको मालवाहक जहाजमाथि कारबाही लिबियाको जाविया तेल प्रशोधन केन्द्रमा आक्रमण, इन्धन ट्याङ्कीमा भीषण आगलागी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै कालीगण्डकीको कटानले जोखिममा पुल डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समितिबाट संघीय निजामती विधेयक पारित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ ।

समितिले कर्मचारीको उमेर हद ५८ बाट ६० बनाउने र कुलिङ पिरियड २ वर्ष राख्ने प्रावधानसहित विधेयक पारित गरेको हो ।

निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने सहमति भएको समिति सदस्य सरिता प्रसाईले जानकारी दिइन् । ६० वर्षे प्रावधान एकैपटक नभएर क्रमशः एकरएक वर्ष गरी लागू हुनेगरी तय भएको उनले बताईन् ।

त्यस्तै कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको छ । सरकारको तर्फबाट गृहमन्त्री रमेश लेखकले दुवै विषयमा राखेका प्रस्ताव समितिबाट पारित भएपछि विधेयक समितिबाट पास भएको हो ।

विधेयकमा निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ भने स्थानीय तहका कर्मचारीहरूको लागि १ पटकको लागि अन्तरप्रदेश सरुवा हुन पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, सचिव र सहसचिवको बीचमा आवश्यकता अनुसार अतिरिक्त सचिवको पद राख्ने सहमति समेत भएको छ ।