११ श्रावण २०८३, सोमबार
,
Latest
ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो : मन्त्री पौडेल



फाइल फोटो
अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य समस्या अहिले गम्भीर चुनौतीका रूपमा देखिएको बताउनुभएको छ ।

यसको समाधानका लागि प्रभावकारी नीति र कार्यक्रम तयार गर्न छलफल भइरहेको उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयमा आज आयोजित बैठकमा मन्त्री पौडेलले मानसिक स्वास्थ्य समस्या बढ्दो अवस्थामा रहेकाले सरकारले यस क्षेत्रमा कार्यरत निकायसँग समन्वय गर्दै जनशक्ति विस्तार गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

मानसिक स्वास्थ्यसम्बन्धी काममा दोहोरोपना हटाउँदै सरकारी, गैरसरकारी र अन्तरराष्ट्रिय संस्थासँग सहकार्यको प्रयास अघि बढाइएको उहाँले बताउनुभयो । “मानसिक रोगीको सङ्ख्या दिनदिनै बढिरहेको छ, यसले सम्पूर्ण जनसङ्ख्यामा असर पु¥याउन सक्छ”, मन्त्री पौडेलले भन्नुभयो, “यसको समाधानका लागि रणनीतिक रूपमा अगाडि बढ्नुपर्छ ।

मन्त्रालयले मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घसंस्थाबीच कामको दोहोरोपन हटाई जिम्मेवारी स्पष्ट गर्ने तथा समन्वयकारी ढङ्गले काम गर्न पहल थालेको उल्लेख गर्दै मन्त्री पौडेलले मानसिक स्वास्थ्य सेवामा आवश्यक जनशक्ति थप गर्ने योजना अघि सारिएको बताउनुभयो ।

बालबालिकाको मानसिक स्वास्थ्यसम्बन्धी सचेतना बढाउन शिक्षा मन्त्रालयसँगको सहकार्यमा विद्यालय पाठ्यक्रममा मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्यसम्बन्धी विषय समावेश गरिने तयारी भइरहेको उहाँले बताउनुभयो । विद्यालयस्तरसम्म ‘विद्यालय स्वास्थ्य दूत कार्यक्रम’ लागू गर्दै बालबालिकालाई लक्षित सचेतना अभियान चलाइने उहाँको भनाइ थियो ।

शिक्षा मन्त्रालयसँगको सहकार्यमा संस्थागत विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’ विस्तार गर्ने मन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस