२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा जोयले अमेरिकी नागरिकता लिए: रिपोर्ट



अ+ अ-

एजेन्सी । बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयले अमेरिकी पासपोर्ट प्राप्त गरेको बताइएको छ ।

उनले वासिङ्टन डिसीमा अमेरिकी नागरिकताको शपथ लिएको र शनिबार आफ्नो नागरिकता प्रमाणपत्र प्राप्त गरेको बङ्गलादेश प्रतिदिनले रिपोर्ट गरेको छ ।

“सजीब वाजेद जोयले वासिङ्टन डिसीस्थित अमेरिकी नागरिकता केन्द्रमा अमेरिकी नागरिकताको शपथ लिए र शनिबार आफ्नो नागरिकता प्रमाणपत्र प्राप्त गरे । प्रमाणपत्र प्राप्त गरेपछि उनले पासपोर्टका लागि पनि आवेदन दिए”, दैनिक बङ्गलादेश प्रतिदिनले भनेको छ, “विभिन्न देशका कुल २२ व्यक्तिले शपथ ग्रहण समारोहमा भाग लिएका थिए । तीमध्ये जोयसहित तीन जना बङ्गलादेशी मूलका थिए।”

अवामी लिगका नेता एवं पूर्व सूचनाराज्यमन्त्री मुहम्मद अली अराफातले भने, “सजीब वाजेद जोयको बङ्गलादेशी पासपोर्ट, जुन यात्रा गर्न प्रयोग गर्थे, युनुसको सरकारले रद्द गरेको थियो । यस परिस्थितिमा उनले अमेरिकी पासपोर्ट प्राप्तगरे ।”

अराफातका अनुसार जोयलाई अमेरिका बाहिर यात्रा गर्न पासपोर्ट चाहिएको थियो । “ग्रिन कार्डले अमेरिका बाहिर यात्रा गर्न अनुमति दिँदैन । जोयलाई अमेरिका बाहिर यात्रा गर्न वा आफ्नी आमालाई भेट्न पासपोर्ट चाहिन्छ । हालको अवस्थामा उनले अमेरिकी पासपोर्ट लिनुपर्ने थियो”, उनलेले भने ।

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा सत्ताबाट हटाइएको थियो । हसिना भारत भागेकी थिईन् ।

यसअघि मे १० मा बङ्गलादेशको अन्तरिम सरकारले देशको सबैभन्दा पुरानो राजनीतिक दल अवामी लिगलाई प्रतिबन्ध लगाएको थियो । राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताको रक्षा गर्न यो निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।