२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अशोक उत्कृष्ट निर्णायक



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।

उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, रोमानिया र भारत गरी ५ राष्ट्रका निर्णायक सहभागी थिए । 

पुम्से विधाको सो प्रतियोगितामा अशोक अध्यक्ष रहेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) बाट ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सबैले पदक हात पार्न सफल भए ।

प्रतियोगितामा एनटीएका खेलाडीले १ स्वर्ण, ४ रजत र ३ कांस्य जितेका थिए ।