१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सल्लाहकार नियुक्तिमा कानूनी मापदण्ड बनाउन काँग्रेस सांसद खतिवडाले गराए सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सल्लाहकार नियुक्ति सम्बन्धी व्यवस्थालाई संविधान र कानूनअनुसार मर्यादित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद खतिवडाले गाउँपालिका अध्यक्षदेखि वडा अध्यक्षसम्मले कानूनी र प्रेस सल्लाहकार राख्ने प्रवृत्ति बढ्दै गएको भन्दै आवश्यक मापदण्ड बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले सल्लाकारको रुपमा संघीय मन्त्रालय एवं उच्च ओहोदाका पदमा समेत विचौलियाको पहुँच पुग्ने गरेको उल्लेख गर्दै सल्लाहकार नियुक्ति सम्बन्धी कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो । आर्थिक अनियमितता र चुहावट घटाउन सल्लाहकार नियुक्ति प्रक्रियालाई पारदर्शी र कानुनी दायरामा ल्याउनुपर्नेमा सांसद खतिवडाले जोड दिनुभयो । संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिभन्दा बढी सल्लाहकार हुने गरेको उल्लेख गर्दै उहाँले सल्लाहकार र पिएसओ नियुक्तिसम्बन्धी मापदण्ड बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानले चिनेका र कानूनअनुसारको सल्लाहकार राख्ने व्यवस्था गरियोस् । अहिले त गाउँपालिकाका अध्यक्षहरुले समेत कानूनी सल्लाहकार, प्रेस सल्लाहकार राख्ने र हुँदा हुँदा वडा अध्यक्षसमेत सल्लाहकार राख्ने व्यवस्था भएको छ । यसमा सरकारले कस्ता सल्लाहकार राख्ने भन्ने विषयमा निर्णय गर्नुपर्छ । आर्थिक अनियमितता र आर्थिक चुहावटलाई कसरी कम गर्ने भन्ने कुरामा सरकारको ध्यान जानुपर्ने जरुरी छ । त्यसका म आग्रह गर्न चाहन्छु सभामुख महोदय कानूनमा उल्लेख भएअनुसार मात्र सल्लाहकार राख्ने व्यवस्था गरियोस् । जसलाई पायो त्यहीलाई सल्लाहकार राखेर राष्ट्रको सम्पती दोहन गर्ने व्यवस्थाको अन्त्य होस् भन्न चाहन्छु । सल्लाकार र पिएसओ राख्ने मापदण्ड तय गरियोस् ।’

राष्ट्रको सम्पती दोहन गर्ने गलत प्रणालीलाई रोक्न सल्लाहकार नियुक्तिलाई व्यवस्थित बनाउनुपर्नेमा उहाँको जोड छ ।