१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेस्तोलसहित विप्लवका केन्द्रीय सदस्य र सेती महाकाली ब्युरो इञ्चार्ज पक्राउ



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समुहका एक जना केन्द्रीय सदस्य र सेती महाकाली ब्युरो इञ्चार्ज पक्राउ परेका छन् । 

उनीहरूलाई गोप्य सूचनाको आधारमा बुधबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर ७ वेलीबाट नियन्त्रणमा लिएको हो।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बस्ने विप्लवका केन्द्रीय सदस्य निर्वाण भन्ने ओम प्रकाश पुनलाई पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

उनीसँगै अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) सेती महाकाली ब्युरो इञ्चार्ज डडेल्धुरा पर्शुराम नगरपालिका वडा न ७ घर भएकी २७ वर्षीया पूर्णिमा भन्ने गौरा धामीलाई समेत पक्राउ गरिएको विष्टले जानकारी दिए।

प्रदेश २–०३–००५ प ९५९७ नम्बरको मोटर साइकलमा सवार उनीहरूलाई चेक गर्दा पुनले बोकेको झोलाभित्र लुगामा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल एक राउण्ड गोली समेत बरामद गरिएको उनले बताए।