२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने परिस्थिति निर्माण गर्न सरकारलाई संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन हुने परिस्थिति निर्माण गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद भवनको हालसम्मको प्रगति सम्बन्धमा छलफल गर्न बसेको सङ्घीय संसद्अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समिति सभापति ठाकुरप्रसाद गैरेले आगामी हिउँदे अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा नयाँ संसद भवनमा सञ्चालन होस् भन्ने आफूहरूको स्पीरिट रहेको बताउनु भयो । उहाँले सम्झौताअनुसार फिल्डमा कार्यरत रहनुपर्ने मेसिनरी, मेट्रियल र म्यानपावरको दैनिक अनुगमन गर्न, सामग्री तथा गुणस्तरको निरन्तर अनुगमन र त्यसमा देखिएको कमीकमजोरीको तत्काल सुधार गर्नुपर्ने निर्देशन दिन सरकारलाई निर्देशन दिनुभयो । उहाँले प्रविधि जडान र इन्टेरियर कार्यको सचिवालयका सम्बन्धित अधिकारीहरूसँग निरन्तर समन्वय र तोकिएको समयमा काम हुने गरी त्यसको अनुगमन गर्न समेत सरकारलाई आग्रह गर्नुभयो । सभापति गैरेले हरेक महिना कार्य प्रगतिको अन्तिम मूल्याङ्कन र निष्कर्षसहितको १५–१५ दिनको रिपोर्ट तयार गरी समितिलाई समेत पठाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, “सम्झौताअनुसार फिल्डमा कार्यरत रहनुपर्ने मेसिनरी, मेट्रियल र म्यानपावरको दैनिक अनुगमन, सामाग्री तथा गुणस्तरको निरन्तर अनुगमन र त्यसमा देखिएको कमीकमजोरीको तत्काल सुधार गर्नुपर्ने निर्देशन, प्रविधि जडान र इन्टेरियर कार्यको सचिवालयका सम्बन्धित अधिकारीहरूसँग निरन्तर समन्वय र तोकिएको समयमा काम हुनेगरी त्यसको अनुगमन, हरेक महिना कार्य प्रगतिको अन्तिम मूल्याङ्कन र निष्कर्ष हुने र त्यसमा १५–१५ दिनको रिपोर्ट तयार हुनुपर्ने र समितिमा पठाउनुपर्ने, त्यसले अल्लि जिम्मेवारी बोध होला भन्ने लाग्छ । अहिले जुन परिस्थिति छ, हाम्रो स्पीरिट आउने हिउँदे अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा नयाँ संसद् भवनमा सञ्चालन हुने परिस्थिति बन्नुपर्छ भन्ने हाम्रो स्पीरिट हो ।”

उहाँले तोकिएको समयमा नयाँ संसद् भवन निर्माण नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ थप गरिएको म्यादमा पनि संसद भवन निर्माण हुनेमा शङ्का व्यक्त गर्नुभयो ।




भर्खरै