काठमाडौँ । नेकपा एमाले सांसद सुहाङ नेम्वाङले स्पष्ट ढुवानीमैत्री नीति आवश्यक रहेको बताउनुभएको छ ।
बिहीवारको प्रतिनिधि सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कर बीमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाइनुपर्ने माग गर्नुभयो । साथै भौतिक पूर्वाधारमा प्राथमिकता दिइ सुधार गर्न जरुरी रहेको बताउनु भयो । उहाँले यो केबल आर्थिक गतिविधिको कुरा होइन, राष्ट्र चलायमान राख्ने प्रश्न पनि भएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रको महत्वपूर्ण क्षेत्र ढुवानी तथा यातायात सेवा राष्ट्रको गतिशिलता सुनिश्चित गर्ने मेरुदण्ड भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रको महत्वपूर्ण क्षेत्र ढुवानी तथा यातायात सेवा राष्ट्रको गतिशिलता सुनिश्चित गर्ने मेरुदण्ड हो । हामी सबैलाई थाहा छ, हवाई सेवा नाजुक र भरपर्दो अवस्थामा नहुँदा पनि विपद् वा महामारीको घडीमा खाद्यान्न, औषधि, महामारीका सामग्रीदेखि कृषि उपजसम्म देशका कुनाकुनामा पु¥याउने काम यिनै व्यवसायीहरुले गरेका हुन् ।
तर, यति महत्वपूर्ण क्षेत्र अहिले कानूनी अष्पष्टता, नीति, कार्यान्वयनमा अलमलता, दोहोरो करको बोझ, अनुमति बीमा र कर प्रणालीमा एकद्वार नभएको, पूर्वाधार विकासको अभाव, इन्धनको अस्थिर मूल्यले लागत बढ्दै जानु जस्ता समस्याहरुले ग्रस्त छ । स्पष्ट ढुवानीमैत्री नीति आवश्यक छ । कर बीमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाइनुपर्छ । साथै भौतिक पूर्वाधारमा प्राथमिकता दिइ सुधार गर्न जरुरी छ । यो केबल आर्थिक गतिविधिको कुरा होइन, राष्ट्र चलायमान राख्ने प्रश्न पनि हो ।’
सांसद नेम्वाङले ढुवानी तथा यातायात सेवा अहिले कानूनी अष्पष्टता, नीति, कार्यान्वयनमा अलमलता, दोहोरो करको बोझ, अनुमति बीमा र कर प्रणालीमा एकद्वार नभएको, पूर्वाधार विकासको अभाव, इन्धनको अस्थिर मूल्यले लागत बढ्दै जानु जस्ता समस्याहरुले ग्रस्त रहेको बताउनु भयो ।










