१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनमार्फत बजेट ल्याउने मिति सारौँ: विमलेन्द्र निधी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले जेठ १५ गते ल्याइने बजेटको मिति सार्न प्रश्ताव गर्नुभएको छ ।

हरेक वर्ष सरकारले बजेट जेठ १५ गते संसदमा प्रश्तुत गर्ने गर्दछ । जेठ १५ गते गणतन्त्र दिवस भएकाले बजेट ल्याइने मिति सार्न आग्रह गर्नुभएको हो ।

उहाँले गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्दा गणतन्त्रको महत्व धेरै हुने उल्लेख गर्नुभयो । उहाँले संविधानमै लेखिएको कारणले बजेट १५ गते नै ल्याउने गरिए पनि संविधान संशोधन गर्दा त्यसमा पनि संशोधन हुनुपर्ने बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज जेठ १ गते हो । जेठ १५ गते आउँदैछ । जेठ १५ गते महत्वपूर्ण दिन हो गणतन्त्र दिवस । अर्को कामकाजी दिवस हो, बजेट ल्याउने । गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्ने हो भने गणतन्त्रको वेटेज धेरै ठूलो हुन्छ । १५ गते बजेट आउने कुरा संविधानमै लेखेको कारणले हो । त्यसोभए संशोधन गरियोस् । सरकारलाई त भन्छु नै सभामुख महोदयलाई पनि आग्रह गर्दछुःकिनभने यो संसदको विषयमा पनि पर्छ । अरु विषयमा संशोधन नभए पनि संविधानमा संशोधन गर्ने दुई दलको समझदारी पनि भएको छ ।’

सांसद निधीले संसदको विषय भएकाले पनि संसदम विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।