२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मी बढेपछि वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन



चर्को घाम छेक्न छाता ओढेर विद्यालय जाँदै शिक्षक । फाईल फोटो
अ+ अ-

वीरगञ्ज । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ ।

वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो । अर्को सूचना जारी नभएसम्म बिहान समयमा ६ बजेदेखि अध्यापन हुनेछ ।

महानगरपालिकाका अनुसार वीरगञ्ज नगर क्षेत्रमा ९२ सामुदायिक र १३८ वटा निजी विद्यालय छन् भने सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ ।